ई-मधेश न्युज
आगलागीबाट सप्तरीमा दुई घर जलेर नष्ट
मधेश न्यूज सम्वाददाता,
राजविराज, १० चैत्र ।
सप्तरी जिल्लाको सुरुङगा नगरपालिका–९ प्रमाणपुर टोलमा भीषण आगलागी हुँदा दुई घर पूर्ण रूपमा जलेर नष्ट भएको छ।
मिति २०८१÷१२÷१० गते राति करिब २ः३० बजे, स्थानीय काशि मण्डल ले आफ्नै गोठमा लामखुट्टे धपाउन बालेको घुरबाट आगो सल्किएको थियो। आगो तीव्र गतिमा फैलिँदा छिमेकी चन्द्रदेव मण्डल को घरमा समेत पुगेको थियो।
स्थानिय बासिन्दा तथा रातको वर्षाको पानीको सहयोगले आगो नियन्त्रणमा आएको छ। प्रहरी चौकी धाँती, सप्तरीले बिहान ८ः०० बजे घटनाको जानकारी पाएपछि प्रहरी टोली खटिएको छ।
काशि मण्डलको घर तथा साइकल गरी रु. ६७,००० बराबर र चन्द्रदेव मण्डलको घर, काठ र साइकल गरी रु. ३,१२,००० बरावर जम्मा क्षति रु. ३,७९,००० भएको छ ।
यो घटनामा मानवीय तथा चौपाया क्षति नभए पनि ठूलो आर्थिक क्षति भएको छ। प्रहरी प्रशासनले थप अनुसन्धान गरिरहेको छ।