emadheshnews2019@gmail.com ९८४२८२१९०५ , ९८०४७०८०७३

२०८२ वैशाख १५ गते , सोमबार
एसईई परीक्षामा सप्तरीबाट ८७१५ विद्यार्थी सहभागी 
e-Madhesh २०८२ वैशाख १५ गते , सोमबार

 

लिलाकान्त यादव,
राजविराज, ०५ चैत्र ।
 आगामी चैत ७ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सप्तरी जिल्लाबाट ८ हजार ७१५ जना विद्यार्थी सहभागी हुने भएका छन्।
मधेस प्रदेशका आठ जिल्लामध्ये सबैभन्दा कम विद्यार्थी सप्तरीबाट सहभागी हुने भएका छन्। जसमा साधारण प्रवाहः ७,८४८ विद्यार्थी, प्राविधिक प्रवाहः ३०९ विद्यार्थी र ग्रेड वृद्धिका लागिः ५५८ विद्यार्थी रहेका छन ।
जसमा ३७ परीक्षा केन्द्र निर्धारण गरिएको छ ।
केन्द्रमा खटिने कर्मचारीहरूःमा ३७ जना केन्द्राध्यक्ष, ४७ जना सहायक केन्द्राध्यक्ष, ४३४ जना निरीक्षक, ६७ जना परीक्षा सहायक, ५५५ जना सुरक्षाकर्मी र १६२ जना कार्यालय सहयोगी गरी जम्माः १,३०२ जना कर्मचारी
विद्यालयहरूमा रहने छ ।
जसमा ९० सामुदायिक विद्यालयका विद्यार्थी र ५२ संस्थागत विद्यालयका विद्याथीहरु रहेका छन ।
चैत ७ गतेदेखि बिहान ८ः०० बजेबाट ११ः०० बजे सम्म देशभर एकसाथ परीक्षा सञ्चालन हुने भएको छ। शिक्षा विकास तथा समन्वय इकाइ, सप्तरीका प्रमुख शशि यादवका अनुसार परीक्षा व्यवस्थित र निष्पक्ष रूपमा सम्पन्न गराउन सम्पूर्ण तयारी पूरा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

हालको समाचार