ई-मधेश न्युज
सिरहामा नक्कली नेपाली रुपैयाँसहित पाँच जना पक्राउ
ईमधेश न्यूज सम्वादाता,
सिरहा, २८ फाल्गुन ।
सिरहा जिल्लाको मिर्चैया नगरपालिका–८, गोरखकाली टोलबाट नक्कली नेपाली रुपैयाँ १ लाख ७६ हजारसहित पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
पक्राउ परेका व्यक्तिहरुमा सुल्तान मंसरु, राम नारायण सहनी दुवार सहनी, रामपृत सहनी र सहनता कुमारी देवी रहेका छन ।
सिरहा जिल्ला प्रहरी कार्यालयको टोलीले चेकजाँच गर्ने क्रममा बिआर ३० सी ४७६६ नम्बरको मोटरसाइकलमा सवार खुसैद शेख र राम नारायण सहनीले बोकेको काटुन लभरभित्र १,००० दरका १७६ थान नक्कली नोट फेला परेको हो।
नक्कली नोटलाई सेतो कागजले बेरेर राखिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
घटनामा संलग्न पाँचै जनालाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको छ।
प्रहरीले पक्राउ परेकाहरूको साथबाट बा ४७ प ८७५७ र बिआर ३० सी ३९४९ नम्बरका मोटरसाइकल समेत बरामद गरेको छ।
सिरहा प्रहरीले नक्कली नोटको स्रोत पहिचान गर्न थप अनुसन्धान गरिरहेको जनाएको छ।