ई-मधेश न्युज
जनकपुरबाट स्रोत नखुलेको नगद ९ लाख ६८ हजारसहित चार जना पक्राउ
ईमधेश न्युज सम्वाददाता,
धनुषा, २८ फाल्गुन ।
जनकपुर उपमहानगरपालिका–२, कदम चोकबाट स्रोत नखुलेको नगद ९,६८,१२० रुपैयाँसहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
पक्राउ परेका व्यक्तिहरुमा सरोज मण्डल, महोत्तरी, एकडारा गाउँपालिका, कोल्हुवा टोल दीपक कुमार मण्डल, सरोज मण्डलका दाजु
अरुण कुमार साह, सिरहा, ब्रह्मपुरी टोल गोलबन्द कुमार खत्बे र जनकपुर उपमहानगरपालिका–१२, कुवारामपुर रहेका छन ।
विशेष सूचनाको आधारमा धनुषा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले मधेश प्रदेश ०२–००७ प ८०७७ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा स्रोत नखुलेको उक्त रकम फेला पारेको हो।
मोटरसाइकल चालक शिवम कुमार साहले उक्त रकमको स्रोत खुलाउन नसकेपछि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।
प्रहरी टोलीले पक्राउ परेका व्यक्तिहरूको कोठा खानतलासी गर्दा पाँच थान मोबाइल, विभिन्न बैंकहरूको नगद जम्मा गरेको १५० वटा भौचर, चेकबुक, तीनवटा पासपोर्टसमेत बरामद गरेको छ।
अतिरिक्त ८०,१२० रुपैयाँसहित पक्राउ परेका चार जनालाई हिरासतमा राखी आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
स्रोत नखुलेको रकम अवैध कारोबार वा कुनै आपराधिक गतिविधिसँग सम्बन्धित छ वा छैन भन्नेबारे अनुसन्धान भइरहेको धनुषा प्रहरीले जनाएको छ।