ई-मधेश न्युज
नेपाल मेडिकल कलेजद्वारा स्टाफ नर्सहरूलाई क्रिटिकल केयर तालिम
लिलाकान्त यादव,
काठमाडौं, २० फाल्गुन ।
नेपाल मेडिकल कलेजले आफ्ना ३६ जना स्टाफ नर्सहरूलाई क्रिटिकल केयर तालिम प्रदान गरेको छ। नर्सेस एसोसिएशन अफ नेपालको समन्वयमा आयोजित २ दिने तालिममा मुटु रोग, सघन उपचार (क्ष्ऋग्), इमरजेन्सी भेन्टिलेटर उपचार लगायतका विषयमा प्रशिक्षण दिइएको हो।
तालिममा एनसिसी डेभलपमेन्ट फाउण्डेशनकी अध्यक्ष लक्ष्मी केसी भण्डारी, कविता सिटौला, श्रेयष्मा रेग्मी, श्रृष्टी अर्याल, सपना खड्का, प्रभा श्रेष्ठ लगायत प्रशिक्षकहरूले सहजीकरण गरेका थिए।
कलेजका अस्पताल निर्देशक प्रा.डा. निलमणी उपाध्याय ले नर्सहरूको भूमिका बिरामीको उपचारमा महत्वपूर्ण रहेको बताउँदै, उनीहरूको क्षमता अभिवृद्धि गर्न कलेज सधैं सकारात्मक रहेको उल्लेख गरे। तालिमले आइसियू सेवाको गुणस्तर सुधार गर्ने विश्वास व्यक्त गर्दै, प्रबन्ध निर्देशक डा. साविहा यास्मिन ले नर्सहरूले सिकेका सीप व्यवहारमा लागू गर्नुपर्ने आवश्यकता औंल्याइन्।
उहाँले भने, “यो तालिमले तपाईंहरूको क्षमतालाई विस्तार गर्नेछ, जसले नेपाल वा विदेश जहाँसुकै पनि क्रिटिकल केयरमा उत्कृष्ट रूपमा काम गर्न सक्षम बनाउनेछ।“ साथै, नेपाल तथा दक्षिण एसियामा क्रिटिकल केयरलाई प्रभावकारी बनाउन यस्ता तालिमहरू आवश्यक रहेको बताइन्।