emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

उपराष्ट्रपति यादवद्वारा राष्ट्रिय प्रजातन्त्र दिवस, २०८१ को शुभकामना

source e-Madhesh २०८१ फाल्गुन ७ गते , बुधबार
0
Shares
52
Views
उपराष्ट्रपति यादवद्वारा राष्ट्रिय प्रजातन्त्र दिवस, २०८१ को शुभकामना

काठमाडौं, 0७ फागुन – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले राष्ट्रिय प्रजातन्त्र दिवस, २०८१ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली नागरिकलाई सुख, शान्ति, समृद्धि तथा सु–स्वास्थ्यको कामना गरेका छन्।
उपराष्ट्रपतिले जारी गरेको शुभकामना सन्देशमा मुलुकमा १०४ वर्षसम्म कायम रहेको जहानियाँ निरङ्कुश शासनविरुद्ध गरिएको बलिदानीपूर्ण संघर्षको उपलब्धिका रूपमा २००७ सालको क्रान्तिको ऐतिहासिक महत्त्व रहेको उल्लेख गरिएको छ। उनले हाम्रा अग्रजहरूको संघर्ष, बलिदान र दृढ संकल्पकै कारण मुलुकले प्रजातन्त्र, लोकतन्त्र, संघीय लोकतान्त्रिक गणतन्त्र र स्वतन्त्रताको उपहार प्राप्त गरेको स्मरण गराएका छन्।
उनले राष्ट्रिय प्रजातन्त्र दिवसले लोकतान्त्रिक मूल्यमान्यता, सहिदहरूको योगदान, स्वतन्त्रता तथा राष्ट्रिय एकताको महत्वलाई पुनः स्मरण गराउने बताए। उनले मुलुकको द्रुत विकास, समृद्धि र सामाजिक समरसताका लागि सबै नागरिक एकजुट भएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याए।
उपराष्ट्रपतिले लोकतन्त्रलाई कमजोर बनाउने कुनै पनि कार्य लोकतान्त्रिक प्रणालीमा विश्वास राख्ने कसैबाट हुन नहुने बताए। उनले लोकतान्त्रिक प्रणाली केवल शासन व्यवस्था मात्र नभएर सामाजिक न्याय, समावेशिता र समान अवसर सुनिश्चित गर्ने प्रणाली भएको उल्लेख गरे। साथै, सम्पूर्ण राजनीतिक दल र नेतृत्व पंक्तिले आफूमा आदर्श आचारसंहिता लागू गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ।
उनले लोकतन्त्रको आत्मा भनेको जनताको सम्प्रभुता भएको र नेपालको संविधानले व्यवस्था गरेको संघीय गणतन्त्र, समानता, समावेशिता, धर्मनिरपेक्षता तथा कानूनी राज्यलाई अक्षुण्ण राख्नु आजको आवश्यकता भएको बताए।
उपराष्ट्रपतिले लोकतन्त्र शासन व्यवस्थामा मात्र सीमित नभई समाजको आदर्श, चरित्र, परम्परा, संस्कृति, सद्भाव तथा मूल्यलाई स्थायित्व दिनतर्फ केन्द्रित हुनुपर्ने धारणा राखे। उनले लोकतान्त्रिक व्यवस्थामा कुनै पनि विशेषाधिकारयुक्त वर्ग नहुने भन्दै जाति, धर्म, वर्ण, वंश, धन तथा लिंगको आधारमा कुनै भेदभाव हुनु नहुने बताए।
उनले आर्थिक लोकतन्त्रको आवश्यकतामा पनि जोड दिँदै भने, "आर्थिक लोकतन्त्रको अर्थ समाजका प्रत्येक सदस्यलाई विकासका अवसर तथा भौतिक सुविधाहरू समान रूपमा उपलब्ध गराउनु हो। समाजमा आर्थिक विषमता बढ्न नदिनु र शोषणको अन्त्य गर्नु लोकतान्त्रिक प्रणालीको प्रमुख विशेषता हो।"
उपराष्ट्रपतिले प्रजातन्त्र स्थापनार्थ विभिन्न कालखण्डमा भएका जनआन्दोलन, जनसंघर्ष, मधेश जनविद्रोह, आदिवासी जनजाति लगायतका आन्दोलनमा ज्यान आहुति दिने सम्पूर्ण महान सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्। उनले लोकतान्त्रिक मूल्य, आदर्श तथा सिद्धान्तप्रति प्रतिबद्ध सम्पूर्ण प्रजातन्त्र सेनानीहरूप्रति सम्मान प्रकट गरे।
उनले प्रजातन्त्र दिवसले मुलुकमा लोकतन्त्रको सुदृढीकरण, राजनीतिक स्थिरता, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको कार्यान्वयन तथा जनताको जीवनस्तरमा गुणात्मक परिवर्तन ल्याउने प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गरेका छन्।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

सिडियोको अवरोधले पलाँता गाउँपालिकाको सेवा प्रभावित, न्याय खोज्दै अध्यक्ष रोकाया काठमाडौंमा
सिडियोको अवरोधले पलाँता गाउँपालिकाको सेवा प्रभावित, न्याय खोज्दै अध्यक्ष रोकाया काठमाडौंमा
सप्तरी–३ मा उपेन्द्र यादवको घरदैलो अभियान सुरु
सप्तरी–३ मा उपेन्द्र यादवको घरदैलो अभियान सुरु
महाशिवरात्रि र सेना दिवसले धार्मिक आस्था र राष्ट्रिय एकतालाई सुदृढ बनाओस्: उपराष्ट्रपति यादव
महाशिवरात्रि र सेना दिवसले धार्मिक आस्था र राष्ट्रिय एकतालाई सुदृढ बनाओस्: उपराष्ट्रपति यादव
महाशिवरात्रि आजः देशभर श्रद्धा, भक्ति र आध्यात्मिक जागरण
महाशिवरात्रि आजः देशभर श्रद्धा, भक्ति र आध्यात्मिक जागरण
वर्टिकल फार्मिङमार्फत पाँच वर्षमा ५० लाख रोजगारी सिर्जना गर्ने जसपा नेपालको घोषणा
वर्टिकल फार्मिङमार्फत पाँच वर्षमा ५० लाख रोजगारी सिर्जना गर्ने जसपा नेपालको घोषणा
जागरूक एवं नैतिक सहभागिता के लिए मतदाता शिक्षा 
जागरूक एवं नैतिक सहभागिता के लिए मतदाता शिक्षा 
गौर डुबानको जोखिम बढ्ने चिन्ता—बाँध मर्मतका नाममा उच्चाइ बढाउने र साइफन बन्द गर्ने काम तीव्र, प्रशासन मौन
गौर डुबानको जोखिम बढ्ने चिन्ता—बाँध मर्मतका नाममा उच्चाइ बढाउने र साइफन बन्द गर्ने काम तीव्र, प्रशासन मौन
सप्तरी क्षेत्र १ मा कुनै कुनै दल द्वारा आचारसंहिता उलङ्घन 
सप्तरी क्षेत्र १ मा कुनै कुनै दल द्वारा आचारसंहिता उलङ्घन 
जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न जेनजी २.० को माग
जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न जेनजी २.० को माग
हुलाकी सडक ३० वर्षसम्म अधुरै रहनुमा कांग्रेस–कम्युनिष्ट जिम्मेवार: उपेन्द्र यादव
हुलाकी सडक ३० वर्षसम्म अधुरै रहनुमा कांग्रेस–कम्युनिष्ट जिम्मेवार: उपेन्द्र यादव