ई-मधेश न्युज
त्रियूगा बहुमुखी संहकारी संस्थाले ममाथि अन्याय गरेकोः महानन्द चौधरी
भूपदेव माली, राजविराज, १३ चैत्र । त्रियूगा बहुमुखी संहकारी संस्थाले विनाकारण मलाई निलम्वित(अवकाश) गरी ममाथि अन्याय गरेको संस्थाका कर्मचारी महानन्द चौधरीले गुनासो गरेको छ । सोमवार कंचनरुप नपाको चौकमा पत्रकार सम्मेलन गरी संस्थाका कर्मचारी चौधरीले सो गुनासो पोखिएको हो । सप्तरीको सप्तकोशी नपामा रहेको त्रियुगा बहुमुखी सहकारी संस्थामा २०७८ कार्तिक ०१ गते देखि कंम्प्यूटर अपरेटर पदमा करार कर्मचारीको रुपमा कार्यरत रही स्थाई जागिरको अवसर पाउँदा विदाका लागि निवेदन दिएपनि मिति २०७९।१०। ११ गते विदा स्विकृत नगरी लोकसेवा आयोगमा जागिरका लागि अन्तवर्ता दिन गएको निहुँमा मलाई मिति २०७९। ११।०२ गते निलम्बन पत्र थमाउदा संस्थाका व्यवस्थापक दिपक कार्कीले अन्याय गरेको बताए । संस्थाले वर्षमा ४२ दिन विदाको व्यवस्था गरेकोमा मेरो ३७ दिनको विदा बाँकी रहेपनि मेरो स्थानमा अन्यलाई राख्ने उद्देश्यले मलाई निलम्बन गरिएको बताउँदै मैले संस्थाका सेयर सदस्य एवं भरभलादमी लिएर कार्यालय पुगेर कुरो बुझ्न जादाँ उल्टै हामीलाई हप्काएर बदमास–गुण्डा भन्दा निकालिएको हुदाँ मेरो रोजी रोटी बन्द गरिएको बताए । कर्मचारी चौधरीको पैरवीमा गएका निवर्तमान वडा अध्यक्ष नारायण आचार्यले कुरो बुझ्न जाँदा संस्थाका व्यवस्थापक कार्कीले बेईज्जत गरेको सोही पत्रकार सम्मेलनमा बताउनु भयो ।