emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

मधेश प्रदेशमा खस्किदो शैक्षिक स्तरलाई सुधार गर्ने मेरो पहिलो प्राथमिकताः लेखी

source e-Madhesh २०८१ माघ २२ गते , मंगलबार
0
Shares
42
Views

भूपदेव माली, राजविराज, १७ मंसिर । मैले अध्ययन गरेको आधारमा बर्तमान अवस्थामा मधेश प्रदेशमा खस्किदो शैक्षिक स्तरलाइृ सुधार गर्ने मेरो पहिलो प्राथमिकता हुने नेकपा एमालेबाट सप्तरीको क्षेत्र नं. १(क) बाट प्रदेश सभा सदस्यमा नव निर्वाचित राजकुमार लेखीले एक कार्यक्रम विच बताउनु भएको छ । सप्तरीको कंचनरुप नपाको रुपनगर स्थित फूलवारी रिर्सोटमा नेकपा एमाले जिल्ला कमिटि द्वारा आयोजित शैक्षिक क्षेत्रको बर्तमान अवस्था बारे साक्षात्कार एवं धन्यवाद तथा कृतज्ञता कार्यक्रममा प्रमुख अतिथी नेता लेखीले सो कुरा बताउनु भएको हो । नेकपाएमाले जिल्ला कमिटी सप्तरीका उपाध्यक्ष मो. अब्दुल माजिद शाकिरको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा नेता लेखीले ‘शिक्षण पेशामा लागेकाहरु अभिभावक र विद्यालय व्यवस्थापन समितिले पठन पाठन व्यवस्थामा गम्भिर हुनु पर्ने’ बताउनु भयो । वहाँले ‘उत्कृष्ट पठनपाठन गर्ने विद्यालयलाई सम्मान सहित उचित पुरस्कारको व्यवस्था गरी शैक्षिक अवस्थालाई सुधार गर्ने ’ बताउनु भयो । मावि तथा उच्च मावि स्तरका विद्यालयहरुमा कम्प्यूटर तथा आवश्यक प्रविधिहरु सरकारले नदिएपनि म आफ्नो कोषको लगानी गरी प्रदान गर्ने’ बताउदै नेता लेखीले सरकार द्वारा प्रदत्त रकममा बृद्धि गर्न सरकारसँग जोडदार माँग गर्ने बताउनु भयो । एमाले जिल्ला सचिव देवनाथ यादवले कार्यक्रम संचालन गरिएको सो कार्यक्रममा एमालेका के.सदस्य तथा पूर्व संघीय सांसद सरिता गिरी यादवले विद्यालयमा पठनपाठन क्षेत्रमा सुधार गर्न विद्यालय व्यवस्थापन समिति शिक्षकशिक्षिकाहरुलाई खबरदारी गरि राख्नु पर्ने बताउनु भयो । रिर्सोट हलभित्र खचाखच भरिएको सो कार्यक्रममा शिक्षक चन्द्र नारायण यादव नेता बुद्धिजीवी परिषदका जिल्ला अध्यक्ष गजेन्द्र चौधरी, एमालेका प्रदेश कमिटी सदस्य तथा बंचनरुप नपाका पूर्व मेयर बसन्त कुमार मिश्र, सप्तकोशी नपाका पूर्वमेयर उत्तम कुमार शर्मा गौत्तम, अग्निसाईर कृष्णा सावरण गापाका अध्यक्ष लिलानाथ चौधरी, एमाले नेतृ आसरा चौधरी, कल्पना चौधरी लगायतका बक्ताहरुले शैक्षिक क्षेत्रमा रहेको समस्या तथा त्यसको समाधान गर्ने बारे मन्तव्य राखेका थिए ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

सिडियोको अवरोधले पलाँता गाउँपालिकाको सेवा प्रभावित, न्याय खोज्दै अध्यक्ष रोकाया काठमाडौंमा
सिडियोको अवरोधले पलाँता गाउँपालिकाको सेवा प्रभावित, न्याय खोज्दै अध्यक्ष रोकाया काठमाडौंमा
सप्तरी–३ मा उपेन्द्र यादवको घरदैलो अभियान सुरु
सप्तरी–३ मा उपेन्द्र यादवको घरदैलो अभियान सुरु
महाशिवरात्रि र सेना दिवसले धार्मिक आस्था र राष्ट्रिय एकतालाई सुदृढ बनाओस्: उपराष्ट्रपति यादव
महाशिवरात्रि र सेना दिवसले धार्मिक आस्था र राष्ट्रिय एकतालाई सुदृढ बनाओस्: उपराष्ट्रपति यादव
महाशिवरात्रि आजः देशभर श्रद्धा, भक्ति र आध्यात्मिक जागरण
महाशिवरात्रि आजः देशभर श्रद्धा, भक्ति र आध्यात्मिक जागरण
वर्टिकल फार्मिङमार्फत पाँच वर्षमा ५० लाख रोजगारी सिर्जना गर्ने जसपा नेपालको घोषणा
वर्टिकल फार्मिङमार्फत पाँच वर्षमा ५० लाख रोजगारी सिर्जना गर्ने जसपा नेपालको घोषणा
जागरूक एवं नैतिक सहभागिता के लिए मतदाता शिक्षा 
जागरूक एवं नैतिक सहभागिता के लिए मतदाता शिक्षा 
गौर डुबानको जोखिम बढ्ने चिन्ता—बाँध मर्मतका नाममा उच्चाइ बढाउने र साइफन बन्द गर्ने काम तीव्र, प्रशासन मौन
गौर डुबानको जोखिम बढ्ने चिन्ता—बाँध मर्मतका नाममा उच्चाइ बढाउने र साइफन बन्द गर्ने काम तीव्र, प्रशासन मौन
सप्तरी क्षेत्र १ मा कुनै कुनै दल द्वारा आचारसंहिता उलङ्घन 
सप्तरी क्षेत्र १ मा कुनै कुनै दल द्वारा आचारसंहिता उलङ्घन 
जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न जेनजी २.० को माग
जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न जेनजी २.० को माग
हुलाकी सडक ३० वर्षसम्म अधुरै रहनुमा कांग्रेस–कम्युनिष्ट जिम्मेवार: उपेन्द्र यादव
हुलाकी सडक ३० वर्षसम्म अधुरै रहनुमा कांग्रेस–कम्युनिष्ट जिम्मेवार: उपेन्द्र यादव