emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

भक्तपुरमा बाँसुरी बनाउने कार्यशाला आयोजना हुँदै

source e-Madhesh २०८२ चैत्र १२ गते , बिहीबार
0
Shares
9
Views
भक्तपुरमा बाँसुरी बनाउने कार्यशाला आयोजना हुँदै

ईमधेश न्यूज सम्वाददाता,
काठमाडौं, ११ चैत्र ।
 बाँसुरी वादन र निर्माणमा रुचि राख्नेहरूका लागि भक्तपुरमा विशेष ‘बाँसुरी बनाउने कार्यशाला’ आयोजना हुने भएको छ। Hungry Musician Terrace र Soundbuzz Audio Lab को सहकार्यमा चैत १७ गते मंगलबार कार्यशाला हुन लागेको हो।
भक्तपुरको सुकुलढोकास्थित साउन्डबज अडियो ल्याबमा दिउँसो १ बजेबाट सुरु हुने कार्यशालामा सहभागीहरूलाई बाँसुरी निर्माणसम्बन्धी व्यावहारिक तथा सैद्धान्तिक ज्ञान प्रदान गरिनेछ। कार्यक्रममा बाँस र पीभीसी पाइप प्रयोग गरेर बाँसुरी बनाउने विधि सिकाइनेछ भने स्वर मिलाउने (ट्युनिङ) प्रविधिबारे पनि जानकारी दिइनेछ। साथै हावाबाट बज्ने वाद्ययन्त्रका आधारभूत सिद्धान्तहरूबारे समेत प्रशिक्षण दिइने आयोजकले जनाएको छ।
कार्यशालाका मुख्य प्रशिक्षकका रूपमा अमन माली रहनेछन्। शास्त्रीय, लोक तथा ज्याज फ्युजन संगीतमा दखल राख्ने उनी The Khwop Band र कुमार सागर सँगको सहकार्यका लागि परिचित छन्।
कार्यशालामा सहभागी हुन प्रति व्यक्ति १,५०० रुपैयाँ शुल्क तोकिएको छ। थप जानकारी वा नाम दर्ताका लागि ९८४३३१७७५८ मा सम्पर्क गर्न सकिने आयोजकले बताएका छन्।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

बहानाबाजी नचल्ने, नतिजा दिनैपर्छ : प्रधानमन्त्री बालेन शाह
बहानाबाजी नचल्ने, नतिजा दिनैपर्छ : प्रधानमन्त्री बालेन शाह
इन्जिनियर बालेन्द्र शाह प्रधानमन्त्री बनेपछि नेपाल इको प्यानलको बधाई
इन्जिनियर बालेन्द्र शाह प्रधानमन्त्री बनेपछि नेपाल इको प्यानलको बधाई
रामनवमी पर विशेष- राम : भारतीय सभ्यता के मूल आधार 
रामनवमी पर विशेष- राम : भारतीय सभ्यता के मूल आधार 
स्व. गजेन्द्रनारायण सिंहको ९७औँ जन्मजयन्तीमा श्रद्धाञ्जली अर्पण
स्व. गजेन्द्रनारायण सिंहको ९७औँ जन्मजयन्तीमा श्रद्धाञ्जली अर्पण
उपराष्ट्रपति यादवद्वारा रामनवमीको शुभकामना, सत्य र मर्यादाको मार्गमा अघि बढ्न आह्वान
उपराष्ट्रपति यादवद्वारा रामनवमीको शुभकामना, सत्य र मर्यादाको मार्गमा अघि बढ्न आह्वान
राम नवमीः सत्य, मर्यादा र मानवताको सन्देश
राम नवमीः सत्य, मर्यादा र मानवताको सन्देश
भक्तपुरमा बाँसुरी बनाउने कार्यशाला आयोजना हुँदै
भक्तपुरमा बाँसुरी बनाउने कार्यशाला आयोजना हुँदै
नवनिर्वाचित सांसदद्वारा शपथ, प्रतिनिधिसभा औपचारिक रूपमा सक्रिय
नवनिर्वाचित सांसदद्वारा शपथ, प्रतिनिधिसभा औपचारिक रूपमा सक्रिय
पहिचानको युद्ध: भारतको नयाँ ट्रान्सजेन्डर कानुन र नेपालको अस्पष्ट बाटो
पहिचानको युद्ध: भारतको नयाँ ट्रान्सजेन्डर कानुन र नेपालको अस्पष्ट बाटो
सुकुम्बासी बस्तीमा डोजर चलाइयो भन्दै विरोध, संघर्षको चेतावनी
सुकुम्बासी बस्तीमा डोजर चलाइयो भन्दै विरोध, संघर्षको चेतावनी