emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

नवनिर्वाचित सांसदद्वारा शपथ, प्रतिनिधिसभा औपचारिक रूपमा सक्रिय

source e-Madhesh २०८२ चैत्र १२ गते , बिहीबार
0
Shares
10
Views
नवनिर्वाचित सांसदद्वारा शपथ, प्रतिनिधिसभा औपचारिक रूपमा सक्रिय

ईमधेश न्यूज सम्वाददाता,
काठमाडौं, १२ चैत्र ।
 प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। अर्जुननरसिंह केसी ले बुधबार सिंहदरबार स्थित संसद् भवनमा आयोजित समारोहमा सांसदहरूलाई शपथ खुवाएका हुन्।
यसअघि केसीले रामचन्द्र पौडेल समक्ष शीतल निवास मा पद तथा गोपनीयताको शपथ लिएका थिए। संवैधानिक व्यवस्थाअनुसार सभामुख चयन नभएसम्म ज्येष्ठ सदस्यले नै संसद् बैठकको अध्यक्षता गर्ने व्यवस्था छ।
२७५ सदस्यीय प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी १८२ सिटसहित पहिलो दल बनेको छ भने नेपाली कांग्रेस ३८ सिटसहित दोस्रो र नेपाल कम्युनिष्ट पार्टी (एमाले) २५ सिटसहित तेस्रो स्थानमा रहेका छन्। नेपाल कम्युनिष्ट पार्टी १७ सिटसहित चौथो, श्रम संस्कृति पार्टी ७ सिटसहित पाँचौँ र राष्ट्रिय प्रजातन्त्र पार्टी ५ सिटसहित छैटौँ दल बनेका छन्।
शपथ समारोह सिंहदरबारस्थित नवनिर्मित बहुउद्देश्यीय हलमा सम्पन्न भएको हो। सङ्घीय संसद् सचिवालयका अनुसार ४७ जना सांसदले नेपालीबाहेक अन्य भाषामा शपथ लिएका छन्, जसमध्ये १७ जनाले मैथिली भाषामा शपथ लिएका छन्।
संविधानको धारा ९९ तथा धारा ९१(५) र प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ अनुसार शपथ लिने व्यवस्था गरिएको हो। सांसदहरू आ–आफ्नो सांस्कृतिक पहिचान झल्किने पोसाकमा उपस्थित भई शपथ ग्रहण गरेका थिए।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

बहानाबाजी नचल्ने, नतिजा दिनैपर्छ : प्रधानमन्त्री बालेन शाह
बहानाबाजी नचल्ने, नतिजा दिनैपर्छ : प्रधानमन्त्री बालेन शाह
इन्जिनियर बालेन्द्र शाह प्रधानमन्त्री बनेपछि नेपाल इको प्यानलको बधाई
इन्जिनियर बालेन्द्र शाह प्रधानमन्त्री बनेपछि नेपाल इको प्यानलको बधाई
रामनवमी पर विशेष- राम : भारतीय सभ्यता के मूल आधार 
रामनवमी पर विशेष- राम : भारतीय सभ्यता के मूल आधार 
स्व. गजेन्द्रनारायण सिंहको ९७औँ जन्मजयन्तीमा श्रद्धाञ्जली अर्पण
स्व. गजेन्द्रनारायण सिंहको ९७औँ जन्मजयन्तीमा श्रद्धाञ्जली अर्पण
उपराष्ट्रपति यादवद्वारा रामनवमीको शुभकामना, सत्य र मर्यादाको मार्गमा अघि बढ्न आह्वान
उपराष्ट्रपति यादवद्वारा रामनवमीको शुभकामना, सत्य र मर्यादाको मार्गमा अघि बढ्न आह्वान
राम नवमीः सत्य, मर्यादा र मानवताको सन्देश
राम नवमीः सत्य, मर्यादा र मानवताको सन्देश
भक्तपुरमा बाँसुरी बनाउने कार्यशाला आयोजना हुँदै
भक्तपुरमा बाँसुरी बनाउने कार्यशाला आयोजना हुँदै
नवनिर्वाचित सांसदद्वारा शपथ, प्रतिनिधिसभा औपचारिक रूपमा सक्रिय
नवनिर्वाचित सांसदद्वारा शपथ, प्रतिनिधिसभा औपचारिक रूपमा सक्रिय
पहिचानको युद्ध: भारतको नयाँ ट्रान्सजेन्डर कानुन र नेपालको अस्पष्ट बाटो
पहिचानको युद्ध: भारतको नयाँ ट्रान्सजेन्डर कानुन र नेपालको अस्पष्ट बाटो
सुकुम्बासी बस्तीमा डोजर चलाइयो भन्दै विरोध, संघर्षको चेतावनी
सुकुम्बासी बस्तीमा डोजर चलाइयो भन्दै विरोध, संघर्षको चेतावनी