emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

सुकुम्बासी बस्तीमा डोजर चलाइयो भन्दै विरोध, संघर्षको चेतावनी

source e-Madhesh २०८२ चैत्र ११ गते , बुधबार
0
Shares
9
Views
सुकुम्बासी बस्तीमा डोजर चलाइयो भन्दै विरोध, संघर्षको चेतावनी

ईमधेश न्यूज सम्वाददाता,
काठमाडौं, ११ चैत्र ।
 काठमाडौँका सिफल र टोखा क्षेत्रमा सुकुम्बासी बस्तीमा डोजर चलाइएको भन्दै विरोध चर्किएको छ। अखिल नेपाल सुकुम्बासी संघ ले बुधबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलन गर्दै उक्त कदम संविधानविपरीत भएको आरोप लगाउँदै संघर्षका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएको हो।
कार्यक्रममा नहेन्द्र खड्का ले सरकारले सुकुम्बासी बस्तीमा डोजर चलाएर ‘राज्य आतंक’ फैलाएको आरोप लगाए। उनले सुशीला कार्की नेतृत्वको सरकारले अमानवीय कार्य गरेको दाबी गरे। देशभर करिब ७० लाख सुकुम्बासी तथा भूमिहीन रहेको उल्लेख गर्दै उनले उनीहरू विद्रोहमा उत्रिए स्थिति नियन्त्रण बाहिर जान सक्ने चेतावनी दिए।
संघका वरिष्ठ उपाध्यक्ष टिकाराम गुरुङले संक्रमणकालीन अवस्थामा, जब नयाँ सरकार गठन भइनसकेको र सांसदहरूले शपथसमेत नलिएको अवस्था छ, त्यतिबेला डोजर चलाउनु अनुचित भएको बताए। उपाध्यक्ष लिला बहादुर मोक्तानले सरकारको कदमले सुकुम्बासीहरूलाई विद्रोहमा धकेल्ने अवस्था सिर्जना गरेको आरोप लगाए।
अर्का उपाध्यक्ष धनस्वर लिम्बुले सुकुम्बासीको अधिकार र बस्ती रक्षाका लागि सबैलाई एकजुट हुन आह्वान गरे।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

बहानाबाजी नचल्ने, नतिजा दिनैपर्छ : प्रधानमन्त्री बालेन शाह
बहानाबाजी नचल्ने, नतिजा दिनैपर्छ : प्रधानमन्त्री बालेन शाह
इन्जिनियर बालेन्द्र शाह प्रधानमन्त्री बनेपछि नेपाल इको प्यानलको बधाई
इन्जिनियर बालेन्द्र शाह प्रधानमन्त्री बनेपछि नेपाल इको प्यानलको बधाई
रामनवमी पर विशेष- राम : भारतीय सभ्यता के मूल आधार 
रामनवमी पर विशेष- राम : भारतीय सभ्यता के मूल आधार 
स्व. गजेन्द्रनारायण सिंहको ९७औँ जन्मजयन्तीमा श्रद्धाञ्जली अर्पण
स्व. गजेन्द्रनारायण सिंहको ९७औँ जन्मजयन्तीमा श्रद्धाञ्जली अर्पण
उपराष्ट्रपति यादवद्वारा रामनवमीको शुभकामना, सत्य र मर्यादाको मार्गमा अघि बढ्न आह्वान
उपराष्ट्रपति यादवद्वारा रामनवमीको शुभकामना, सत्य र मर्यादाको मार्गमा अघि बढ्न आह्वान
राम नवमीः सत्य, मर्यादा र मानवताको सन्देश
राम नवमीः सत्य, मर्यादा र मानवताको सन्देश
भक्तपुरमा बाँसुरी बनाउने कार्यशाला आयोजना हुँदै
भक्तपुरमा बाँसुरी बनाउने कार्यशाला आयोजना हुँदै
नवनिर्वाचित सांसदद्वारा शपथ, प्रतिनिधिसभा औपचारिक रूपमा सक्रिय
नवनिर्वाचित सांसदद्वारा शपथ, प्रतिनिधिसभा औपचारिक रूपमा सक्रिय
पहिचानको युद्ध: भारतको नयाँ ट्रान्सजेन्डर कानुन र नेपालको अस्पष्ट बाटो
पहिचानको युद्ध: भारतको नयाँ ट्रान्सजेन्डर कानुन र नेपालको अस्पष्ट बाटो
सुकुम्बासी बस्तीमा डोजर चलाइयो भन्दै विरोध, संघर्षको चेतावनी
सुकुम्बासी बस्तीमा डोजर चलाइयो भन्दै विरोध, संघर्षको चेतावनी