emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

उपराष्ट्रपति यादवद्वारा २६२४औं महावीर जयन्तीको शुभकामना

source e-Madhesh २०८१ चैत्र २८ गते , बिहीबार
0
Shares
24
Views
उपराष्ट्रपति यादवद्वारा २६२४औं महावीर जयन्तीको शुभकामना

लिलाकान्त यादव,
काठमाडौं, २८ चैत्र ।
  उपराष्ट्रपति गरिमानाथ यादवले भगवान महावीरको २६२४औं जन्मजयन्ती (महावीर जयन्ती)को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण जैन धर्मावलम्बीहरूप्रति शुभकामना व्यक्त गरेका छन्।
एक शुभकामना सन्देश जारी गर्दै उपराष्ट्रपतिले भगवान महावीरले प्रतिपादन गरेका अहिंसा, सत्य, करुणा, समानता र अपरिग्रह जस्ता मूल्यहरू आजको समाजमा पनि उत्तिकै सान्दर्भिक भएको बताएका छन्।
“महावीरले ‘बाँच र बाँच्न देऊ’ भन्ने सन्देश दिनुभएको थियो, जुन मानव समाजका लागि आज पनि जीवन सूत्रको रूपमा उपयोगी छ,” सन्देशमा भनिएको छ। उहाँले महावीर जयन्तीलाई केवल धार्मिक अनुष्ठानमा सीमित नराखी सामाजिक सद्भाव, सहिष्णुता र सांस्कृतिक एकताको उत्सवका रूपमा लिनुपर्ने धारणा राखेका छन्।
सन्देशमा उपराष्ट्रपतिले महावीरले देखाएको मार्गमा अघि बढ्दै आत्मचिन्तन, सादगी, सत्यनिष्ठा र सहिष्णुता अंगीकार गर्न सबैमा आग्रह गरेका छन्। उनले भगवान महावीरका शिक्षाले सिंगो मानव जीवनमा शान्ति, सद्भाव र मैत्री भाव फैलाउन सहयोग गर्ने विश्वास व्यक्त गरेका छन्।
उपराष्ट्रपतिले भगवान महावीरबाट प्रेरणा लिएर सबैले आफ्नो कर्म सुधार्ने, समाज र राष्ट्रप्रति उत्तरदायी बन्ने तथा एक समुन्नत र समावेशी देश निर्माणमा भूमिका खेल्नुपर्ने बताए।
अन्त्यमा, उपराष्ट्रपति यादवले महावीर जयन्तीको अवसरमा सबैमा असीम खुशी, सुस्वास्थ्य र आध्यात्मिक उन्नतिको कामना गरेका छन्।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार