emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

सप्तरीमा विभिन्न मुद्दाका १४ जना प्रतिवादी पक्राउ

source e-Madhesh २०८३ वैशाख २६ गते , शनिबार
0
Shares
11
Views
सप्तरीमा विभिन्न मुद्दाका १४ जना प्रतिवादी पक्राउ

लिलाकान्त यादव,
राजविराज, २६ बैशाख ।
 सप्तरी प्रहरीले विभिन्न मुद्दामा फरार तथा अनुसन्धानमा रहेका १४ जना प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ परेकामध्ये अभद्र व्यवहार मुद्दाका तीन, मुद्रासम्बन्धी कसुरका दुई, अदालतबाट सजाय तोकिएका विभिन्न मुद्दाका नौ जना रहेका छन् ।
प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीका अनुसार राजविराज नगरपालिका–९ क्षेत्रमा प्रहरीसँग अभद्र व्यवहार गरेको आरोपमा हनुमाननगर कङ्कालिनी नगरपालिका–१ निवासी २१ वर्षीय आदित्य पाण्डे पक्राउ परेका छन् । त्यस्तै नेता चोक क्षेत्रमा होहल्ला गरिरहेका विष्णुपुर गाउँपालिका–६ का १२ वर्षीय संजिव साह र सुनसरी बरजू गाउँपालिका–५ का २६ वर्षीय शिवनारायण पण्डितलाई पनि अभद्र व्यवहार मुद्दामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
यसैगरी हनुमाननगर कङ्कालिनी नगरपालिका–१४ मल्हनिया क्षेत्रमा चेकजाँचका क्रममा भारतबाट नेपाल आउँदै गरेका दुई युवाको साथबाट एक हजार दरका सात थान नेपाली जाली नोट बरामद भएपछि विवेककुमार पण्डित र सचिनकुमार यादव पक्राउ परेका छन् ।
फैसला कार्यान्वयन अन्तर्गत कुटपिट, लुटपाट, मोबाइल चोरी, लागुऔषध तथा आपराधिक उपद्रव मुद्दामा फरार रहेका नौ जनालाई समेत प्रहरीले पक्राउ गरी जिल्ला अदालत सप्तरीमा पेश गरेको छ । अभद्र व्यवहार र मुद्रासम्बन्धी कसुरमा पक्राउ परेका पाँच जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

स्वास्थ्यमन्त्रीको राजीनामा माग्दै जनकपुरधाममा स्वास्थ्यकर्मीको प्रदर्शन
स्वास्थ्यमन्त्रीको राजीनामा माग्दै जनकपुरधाममा स्वास्थ्यकर्मीको प्रदर्शन
कानून दिवस : विधिको शासन र स्वतन्त्र न्यायपालिकाको सन्देश
कानून दिवस : विधिको शासन र स्वतन्त्र न्यायपालिकाको सन्देश
सप्तरीमा विभिन्न मुद्दाका १४ जना प्रतिवादी पक्राउ
सप्तरीमा विभिन्न मुद्दाका १४ जना प्रतिवादी पक्राउ
टेकपाइला इनोभेसन र कान्तिपुर सिटी कलेजबीच ऐतिहासिक सम्झौता
टेकपाइला इनोभेसन र कान्तिपुर सिटी कलेजबीच ऐतिहासिक सम्झौता
विश्व रेडक्रस दिवस: मानवताको सेवामा समर्पित अभियान
विश्व रेडक्रस दिवस: मानवताको सेवामा समर्पित अभियान
वीरेन्द्र कुसियैत यादवलाई सम्मान तथा शुभकामना कार्यक्रम सम्पन्न
वीरेन्द्र कुसियैत यादवलाई सम्मान तथा शुभकामना कार्यक्रम सम्पन्न
व्यापार र लगानी प्रवद्र्धनका लागि काठमाडौंमा साउथ एसिया ट्रेड फेयर सुरु
व्यापार र लगानी प्रवद्र्धनका लागि काठमाडौंमा साउथ एसिया ट्रेड फेयर सुरु
मुक्त घोषणा भए पनि अधिकार नपाएको कमलरीहरूको गुनासो
मुक्त घोषणा भए पनि अधिकार नपाएको कमलरीहरूको गुनासो
नेपाल इन्जिनियरिङ कलेज र नेक्स्ट एआईबीच समझदारी
नेपाल इन्जिनियरिङ कलेज र नेक्स्ट एआईबीच समझदारी
नेपाल मेडिकल कलेजद्वारा हजयात्रीलाई स्वास्थ्य सामग्री सहयोग
नेपाल मेडिकल कलेजद्वारा हजयात्रीलाई स्वास्थ्य सामग्री सहयोग