emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

नेपाल मेडिकल कलेजद्वारा हजयात्रीलाई स्वास्थ्य सामग्री सहयोग

source e-Madhesh २०८३ वैशाख २४ गते , बिहीबार
0
Shares
8
Views
नेपाल मेडिकल कलेजद्वारा हजयात्रीलाई स्वास्थ्य सामग्री सहयोग

ईमधेश न्यूज सम्वाददाता,
काठमाडौं, २४ बैशाख ।
नेपाल मेडिकल कलेजले साउदी अरबको मक्का–मदिनामा हज यात्रामा जाने नेपाली मुस्लिम हजयात्रीका लागि आपत्कालीन स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । कलेजले नेपाल हज समितिका पदाधिकारीमार्फत औषधि तथा आवश्यक स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।
बुधबार आयोजित कार्यक्रममा कलेजका अध्यक्ष जैनुद्धिन अन्सारीले हज समितिका अध्यक्ष मोख्तार अहमदलाई सामग्री हस्तान्तरण गर्दै हजयात्रीहरूको सफल र सुरक्षित यात्राको शुभकामना व्यक्त गर्नुभयो । उहाँले हज मुस्लिम समुदायका लागि अत्यन्त पवित्र धार्मिक कार्य भएको उल्लेख गर्दै आवश्यक सहकार्य र समन्वयका लागि आफूहरू तयार रहेको बताउनुभयो ।
हज समितिका अध्यक्ष मोख्तार अहमदले गत वर्ष नेपाली हजयात्रीहरूको व्यवस्थापन प्रभावकारी भएको भन्दै साउदी सरकारले नेपाली टोलीलाई सम्मानका लागि छनोट गरेको जानकारी दिनुभयो । यस वर्ष पनि यात्रुहरूलाई कुनै समस्या नपर्ने गरी आवश्यक तयारी गरिएको उहाँको भनाइ थियो ।
साउदी अरब सरकारले नेपाललाई प्रत्येक वर्ष १२०० जनासम्म हजयात्री पठाउने कोटा उपलब्ध गराउँदै आएको छ । समितिका अनुसार यस वर्ष हज यात्रा आगामी शनिबारबाट सुरु हुनेछ । आवेदन दिएका १२ सय ५६ जनामध्ये प्राथमिकताका आधारमा यात्रु छनोट गरिएको जनाइएको छ ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

नेपाल इन्जिनियरिङ कलेज र नेक्स्ट एआईबीच समझदारी
नेपाल इन्जिनियरिङ कलेज र नेक्स्ट एआईबीच समझदारी
नेपाल मेडिकल कलेजद्वारा हजयात्रीलाई स्वास्थ्य सामग्री सहयोग
नेपाल मेडिकल कलेजद्वारा हजयात्रीलाई स्वास्थ्य सामग्री सहयोग
गण्डक क्षेत्रको स्वाद बोकेको ‘पियारी’ चुड्का गीत सार्वजनिक
गण्डक क्षेत्रको स्वाद बोकेको ‘पियारी’ चुड्का गीत सार्वजनिक
उपराष्ट्रपति यादव र नर्वेली राजदूतबीच शिष्टाचार भेट
उपराष्ट्रपति यादव र नर्वेली राजदूतबीच शिष्टाचार भेट
लिपुलेक प्रकरणमा निर्णायक वार्ताको माग, ‘एक चीन नीति’सँगै ‘एक नेपाल नीति’ अवलम्बन गर्न सुझाव
लिपुलेक प्रकरणमा निर्णायक वार्ताको माग, ‘एक चीन नीति’सँगै ‘एक नेपाल नीति’ अवलम्बन गर्न सुझाव
जनमत पार्टी दुई धारमा, मधेस सरकारको समर्थनबारे दोहोरो दाबी
जनमत पार्टी दुई धारमा, मधेस सरकारको समर्थनबारे दोहोरो दाबी
फरवार्ड माइक्रोफाइनान्सको १३औँ वार्षिक साधारण सभा सम्पन्न
फरवार्ड माइक्रोफाइनान्सको १३औँ वार्षिक साधारण सभा सम्पन्न
उपराष्ट्रपति यादवसँग ईयू राजदूतको शिष्टाचार भेट
उपराष्ट्रपति यादवसँग ईयू राजदूतको शिष्टाचार भेट
सुकुम्बासी बस्ती हटाइएपछि तेस्रोलिंगीको पीडा: आश्रयको खोजीमा बिनु
सुकुम्बासी बस्ती हटाइएपछि तेस्रोलिंगीको पीडा: आश्रयको खोजीमा बिनु
विश्व प्रेस स्वतन्त्रता दिवसमा सिन्धुलीमा प्रभातफेरी र कोणसभा
विश्व प्रेस स्वतन्त्रता दिवसमा सिन्धुलीमा प्रभातफेरी र कोणसभा