emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

टेकपाइला इनोभेसन र कान्तिपुर सिटी कलेजबीच ऐतिहासिक सम्झौता

source e-Madhesh २०८३ वैशाख २५ गते , शुक्रबार
0
Shares
10
Views
टेकपाइला इनोभेसन र कान्तिपुर सिटी कलेजबीच ऐतिहासिक सम्झौता

ईमधेश न्यूज सम्वाददाता,
काठमाडौं, २५ बैशाख ।
 नेपालको शैक्षिक क्षेत्र र सूचना प्रविधि उद्योगबीचको दूरी कम गर्ने उद्देश्यसहित टेकपाइला इनोभेसन प्रा.लि. र कान्तिपुर सिटी कलेज (केसीसी) बीच आर्टिफिसियल इन्टेलिजेन्स (एआई) तथा साइबर सुरक्षा शिक्षासम्बन्धी महत्वपूर्ण समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ ।
पुतलीसडकस्थित कलेज परिसरमा आयोजित कार्यक्रममा टेकपाइला इनोभेसनका एसोसिएट डाइरेक्टर चिरञ्जीबी अधिकारी तथा कान्तिपुर सिटी कलेजका प्रिन्सिपल राजु कट्टेलले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।
सम्झौताअनुसार विद्यार्थीहरूलाई एआई र साइबर सुरक्षाका क्षेत्रमा उद्योगमैत्री तथा प्रयोगात्मक शिक्षा प्रदान गरिनेछ । टेकपाइलाले विद्यार्थी र प्राध्यापकहरूका लागि विशेष तालिम, बुटक्याम्प, कार्यशाला तथा सेमिनार सञ्चालन गर्नेछ । साथै योग्य विद्यार्थीहरूले इन्टर्नसिप तथा रोजगारीका अवसर पनि प्राप्त गर्नेछन् ।
दुवै संस्थाले वर्तमान विश्वव्यापी प्रविधि मापदण्डअनुसार पाठ्यक्रम परिमार्जन गर्ने, अनुसन्धान तथा नवप्रवर्तनलाई प्रोत्साहन गर्न ह्याकाथन, आइडिया फेस्ट र उद्योग–शिक्षा संवाद कार्यक्रम सञ्चालन गर्ने सहमति गरेका छन् ।
कार्यक्रममा बोल्दै चिरञ्जीबी अधिकारीले उद्योगको अनुभवलाई प्रत्यक्ष रूपमा कक्षाकोठासम्म पुर्‍याएर दक्ष जनशक्ति उत्पादन गर्नु साझेदारीको मुख्य उद्देश्य रहेको बताउनुभयो । त्यस्तै, प्रिन्सिपल राजु कट्टेलले यस सहकार्यले विद्यार्थीहरूलाई विश्व बजारमा प्रतिस्पर्धी बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
दुई वर्षका लागि गरिएको यो सम्झौताले ‘डिजिटल नेपाल’ अभियानलाई थप टेवा पुग्ने अपेक्षा गरिएको छ ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

टेकपाइला इनोभेसन र कान्तिपुर सिटी कलेजबीच ऐतिहासिक सम्झौता
टेकपाइला इनोभेसन र कान्तिपुर सिटी कलेजबीच ऐतिहासिक सम्झौता
विश्व रेडक्रस दिवस: मानवताको सेवामा समर्पित अभियान
विश्व रेडक्रस दिवस: मानवताको सेवामा समर्पित अभियान
वीरेन्द्र कुसियैत यादवलाई सम्मान तथा शुभकामना कार्यक्रम सम्पन्न
वीरेन्द्र कुसियैत यादवलाई सम्मान तथा शुभकामना कार्यक्रम सम्पन्न
व्यापार र लगानी प्रवद्र्धनका लागि काठमाडौंमा साउथ एसिया ट्रेड फेयर सुरु
व्यापार र लगानी प्रवद्र्धनका लागि काठमाडौंमा साउथ एसिया ट्रेड फेयर सुरु
मुक्त घोषणा भए पनि अधिकार नपाएको कमलरीहरूको गुनासो
मुक्त घोषणा भए पनि अधिकार नपाएको कमलरीहरूको गुनासो
नेपाल इन्जिनियरिङ कलेज र नेक्स्ट एआईबीच समझदारी
नेपाल इन्जिनियरिङ कलेज र नेक्स्ट एआईबीच समझदारी
नेपाल मेडिकल कलेजद्वारा हजयात्रीलाई स्वास्थ्य सामग्री सहयोग
नेपाल मेडिकल कलेजद्वारा हजयात्रीलाई स्वास्थ्य सामग्री सहयोग
गण्डक क्षेत्रको स्वाद बोकेको ‘पियारी’ चुड्का गीत सार्वजनिक
गण्डक क्षेत्रको स्वाद बोकेको ‘पियारी’ चुड्का गीत सार्वजनिक
उपराष्ट्रपति यादव र नर्वेली राजदूतबीच शिष्टाचार भेट
उपराष्ट्रपति यादव र नर्वेली राजदूतबीच शिष्टाचार भेट
लिपुलेक प्रकरणमा निर्णायक वार्ताको माग, ‘एक चीन नीति’सँगै ‘एक नेपाल नीति’ अवलम्बन गर्न सुझाव
लिपुलेक प्रकरणमा निर्णायक वार्ताको माग, ‘एक चीन नीति’सँगै ‘एक नेपाल नीति’ अवलम्बन गर्न सुझाव