ई-मधेश न्युज
वीरेन्द्र कुसियैत यादवलाई सम्मान तथा शुभकामना कार्यक्रम सम्पन्न
लिलाकान्त यादव,
राजविराज, २४ बैशाख ।
शिक्षा विकास समन्वय इकाई सप्तरीमा छिन्नमस्ता गाउँपालिकाका शिक्षा अधिकृत पदबाट पदोन्नति भई शाखा अधिकृत पदमा पदस्थापना हुनुभएका वीरेन्द्र कुसियैत यादवलाई सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरिएको छ ।
नेपाल प्याब्सन सप्तरीका का.बा. अध्यक्ष मनोज कुमार यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा शिक्षा विकास समन्वय इकाई सप्तरीका प्रमुख शशी यादव प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो । कार्यक्रममा नेपाल प्याब्सनमा आबद्ध विभिन्न तह र तप्काका व्यक्तित्वहरू दिनेश कुमार यादव, शम्भु प्रसाद यादव, जयप्रकाश यादव, सुमन ठाकुर, जागेश्वर यादवलगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा वक्ताहरूले वीरेन्द्र कुसियैत यादवले शिक्षा क्षेत्रमा पु¥याउनुभएको योगदानको प्रशंसा गर्दै नयाँ जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्न शुभकामना व्यक्त गरेका थिए । सहभागीहरूले उहाँको नेतृत्व, कार्यक्षमता तथा शैक्षिक विकासप्रतिको समर्पणले आगामी दिनमा पनि सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरेका थिए ।
नेपाल प्याब्सन सप्तरीका सम्पूर्ण पदाधिकारीहरूले उहाँको सफल कार्यकालको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै शिक्षा क्षेत्रको विकास र गुणस्तरीय व्यवस्थापनमा थप योगदान पुग्ने अपेक्षा गरेका छन् ।