emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

मालपोत कार्यालय बाँकेमा नागरिक गुनासो संकलन

source e-Madhesh २०८३ वैशाख ११ गते , शुक्रबार
0
Shares
7
Views
मालपोत कार्यालय बाँकेमा नागरिक गुनासो संकलन

ईमधेश न्यूज सम्वाददाता,
नेपालगञ्ज, ११ बैशाख ।
  बास नेपाल ले भूमिसुधार तथा मालपोत कार्यालय बाँकेमा सेवाग्राहीहरूबाट नागरिक गुनासो संकलन गरेको छ। सुशासन प्रवद्र्धन, सार्वजनिक गुनासो व्यवस्थापनमा सहजीकरण तथा सेवा प्रवाह सुधार गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो।
कार्यक्रमअन्तर्गत कार्यालय समयमै विभिन्न पालिका तथा जिल्लाबाट सेवा लिन आएका सेवाग्राहीहरूसँग प्रत्यक्ष भेटघाट गरी समस्या र सुझाव टिपोट गरिएको संयोजक माधव कार्की ले जानकारी दिए। संकलित गुनासोहरू कार्यालय प्रमुखसमक्ष प्रस्तुत गरी समाधानका लागि पहल गरिने जनाइएको छ।
संकलित गुनासोअनुसार एउटै कामका लागि पटक–पटक धाउनुपर्ने, सहायता कक्षको अभाव, सेवाग्राहीको अत्यधिक भीड व्यवस्थापनका लागि टोकन प्रणाली आवश्यक, पिउने पानी र शौचालयको अभाव, कार्यालय परिसरको सरसफाइ कमजोर, बस्ने व्यवस्था अपर्याप्त, सबै सेवा एकै स्थानबाट नपाइने तथा पार्किङ व्यवस्थापन कमजोर रहेको उल्लेख गरिएको छ।
कार्यक्रममा बास नेपालका मिना घर्ति, ज्योती बुढामगर, ज्योती दास, रचना चौधरी र सङ्गीता बिकले पनि सेवाग्राहीसँग गुनासो संकलन गरेका थिए। संस्थाले यस्ता कार्यक्रममार्फत सरकारी सेवा प्रवाहमा सुधार ल्याउन निरन्तर पहल गर्दै आएको जनाएको छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

मालपोत कार्यालय बाँकेमा नागरिक गुनासो संकलन
मालपोत कार्यालय बाँकेमा नागरिक गुनासो संकलन
नेपाल मेडिकल कलेजमा पिजी विद्यार्थीलाई शैक्षिक अभिमुखीकरण
नेपाल मेडिकल कलेजमा पिजी विद्यार्थीलाई शैक्षिक अभिमुखीकरण
एभरेष्ट इन्जिनियरिङ कलेजका सम्पूर्ण शिक्षक ‘एआई दीक्षित’
एभरेष्ट इन्जिनियरिङ कलेजका सम्पूर्ण शिक्षक ‘एआई दीक्षित’
लोकतन्त्र दिवस: उपलब्धि, चुनौती र विश्वासको परीक्षा
लोकतन्त्र दिवस: उपलब्धि, चुनौती र विश्वासको परीक्षा
गृहमन्त्रीको राजिनामा: के आउँदैछ नेपालमा रामराज्य !
गृहमन्त्रीको राजिनामा: के आउँदैछ नेपालमा रामराज्य !
विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस: ज्ञान, सिर्जना र अधिकारको उत्सव
विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस: ज्ञान, सिर्जना र अधिकारको उत्सव
गृहमन्त्री सुधन गुरुङलाई राजिनामा दिन जेनजीको चेतावनी
गृहमन्त्री सुधन गुरुङलाई राजिनामा दिन जेनजीको चेतावनी
क्याम्पसमा प्रहरी चौकी र ब्यारिकेटको विरोध, गृहमन्त्रीलाई राजिनामा दिन विद्यार्थी संगठनहरूको माग
क्याम्पसमा प्रहरी चौकी र ब्यारिकेटको विरोध, गृहमन्त्रीलाई राजिनामा दिन विद्यार्थी संगठनहरूको माग
पुरानो ‘¥याप ब्याटल’ विवादः प्रधानमन्त्रीसँग माफी र सामग्री हटाउन माग
पुरानो ‘¥याप ब्याटल’ विवादः प्रधानमन्त्रीसँग माफी र सामग्री हटाउन माग
नेपाल प्याब्सनद्वारा सञ्चालित दुईदिने प्रभावकारी शिक्षण सिकाइ तालिम सम्पन्न
नेपाल प्याब्सनद्वारा सञ्चालित दुईदिने प्रभावकारी शिक्षण सिकाइ तालिम सम्पन्न