emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

नेपाल प्याब्सनद्वारा सञ्चालित दुईदिने प्रभावकारी शिक्षण सिकाइ तालिम सम्पन्न

source e-Madhesh २०८३ वैशाख ८ गते , मंगलबार
0
Shares
49
Views
नेपाल प्याब्सनद्वारा सञ्चालित दुईदिने प्रभावकारी शिक्षण सिकाइ तालिम सम्पन्न

लिलाकान्त यादव,
राजविराज, ०८ बैशाख ।
 नेपाल प्याब्सन द्वारा सञ्चालित दुईदिने ‘प्रभावकारी शिक्षण सिकाइ तालिम’ सम्पन्न भएको छ।
समापन समारोहको अध्यक्षता नेपाल प्याब्सनका महासचिव शम्भु कुमार यादव ले गर्नुभएको थियो। 
तालिममा आधुनिक शिक्षण विधि, शिक्षकहरूको क्षमता अभिवृद्धि, नेतृत्व विकास, शिक्षण सिकाइ प्रक्रिया तथा प्रविधिमैत्री शिक्षण सम्बन्धी विषयमा प्रशिक्षण प्रदान गरिएको थियो। उक्त जानकारी कार्यक्रम सञ्चालक मनोज कुमार यादवले दिनुभएको हो।
तालिममा सहभागी शिक्षकहरूले यस कार्यक्रमले आफ्नो शिक्षण शैली सुधार गर्न महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।
यसैबीच, मधेश प्रज्ञा प्रतिष्ठान का सदस्य दिनेश कुमार यादव ले तालिमले शिक्षकहरूको पेशागत दक्षता अभिवृद्धि गर्दै आगामी शैक्षिक सत्रलाई थप व्यवस्थित, प्रभावकारी र परिणाममुखी बनाउन सहयोग पुग्ने अपेक्षा व्यक्त गर्नुभयो।
तालिममा प्रमुख प्रशिक्षकका रूपमा योगेन्द्र प्रसाद यादव, प्रशिक्षकका रूपमा चुनचुन यादव तथा प्रमुख अतिथिका रूपमा राजविराज नगरपालिकाका वरिष्ठ शिक्षा अधिकृत भोगेन्द्र प्रसाद यादव को उपस्थिति रहेको थियो। कार्यक्रम सञ्चालन मनोज यादव ले गर्नुभएको थियो।
कार्यक्रममा प्रमुख प्रशिक्षक, प्रमुख अतिथि, विशिष्ट अतिथि तथा संस्थापक एवं पदाधिकारीहरू दृवारा सहभागीहरूलाई प्रमाणपत्र वितरण गरेका थिए।
यस्ता कार्यक्रमहरू आगामी दिनमा आठ जिल्लामा सञ्चालन गर्ने योजना रहेको महासचिव शम्भु कुमार यादव ले जानकारी दिनुभयो।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

नेपाल प्याब्सनद्वारा सञ्चालित दुईदिने प्रभावकारी शिक्षण सिकाइ तालिम सम्पन्न
नेपाल प्याब्सनद्वारा सञ्चालित दुईदिने प्रभावकारी शिक्षण सिकाइ तालिम सम्पन्न
नेपालमा रामराज्यः माटो सुहाउँदो शिक्षा नीति अवलम्बनको अपरिहार्यता
नेपालमा रामराज्यः माटो सुहाउँदो शिक्षा नीति अवलम्बनको अपरिहार्यता
नेपाल–भारत सम्बन्धः इतिहास, मधेस  र वर्तमान  चुनौती
नेपाल–भारत सम्बन्धः इतिहास, मधेस  र वर्तमान  चुनौती
नेपाल प्याब्सन सप्तरीद्वारा दुईदिने शिक्षण तालिम सुरु
नेपाल प्याब्सन सप्तरीद्वारा दुईदिने शिक्षण तालिम सुरु
इन्धन मूल्य नघटाए आयल निगम घेराउ गर्ने जेनजीको चेतावनी
इन्धन मूल्य नघटाए आयल निगम घेराउ गर्ने जेनजीको चेतावनी
पूर्व डिई सिताराम सिपलिया यादवको निधन
पूर्व डिई सिताराम सिपलिया यादवको निधन
घृणात्मक अभिव्यक्ति रोक्न आग्रह: सुनिल बाबु पन्तको अपिल
घृणात्मक अभिव्यक्ति रोक्न आग्रह: सुनिल बाबु पन्तको अपिल
मातातीर्थ औँसीः आमाप्रतिको श्रद्धा र संस्कृतिको गहिरो सन्देश
मातातीर्थ औँसीः आमाप्रतिको श्रद्धा र संस्कृतिको गहिरो सन्देश
संघीयतामाथि ‘स्टन्ट राजनीति’ नगर्न चेतावनी: शरदसिंह यादव
संघीयतामाथि ‘स्टन्ट राजनीति’ नगर्न चेतावनी: शरदसिंह यादव
दोलखामा मुद्रा सङ्ग्रहालय हस्तान्तरण, पर्यटन प्रवद्र्धनमा नयाँ आयाम
दोलखामा मुद्रा सङ्ग्रहालय हस्तान्तरण, पर्यटन प्रवद्र्धनमा नयाँ आयाम