emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

इन्धन मूल्य नघटाए आयल निगम घेराउ गर्ने जेनजीको चेतावनी

source e-Madhesh २०८३ वैशाख ६ गते , आइतबार
0
Shares
5
Views
इन्धन मूल्य नघटाए आयल निगम घेराउ गर्ने जेनजीको चेतावनी

ईमधेश न्युज सम्वाददाता,
काठमाडौं, ०६ वैशाख ।
 राष्ट्रि जेनजी नागरिक अभियानले पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल नघटाए कडा आन्दोलनमा उत्रिने चेतावनी दिएको छ। राजधानीको संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमार्फत अभियानले सरकार र नेपाल आयल निगमलाई २४ घण्टे अल्टिमेटम दिएको हो।
अभियानका संयोजक सुनिल सिंहले निर्धारित समयभित्र मूल्य समायोजन नभए आयल निगम घेराउ गर्ने घोषणा गरे। उनले हालको मूल्यवृद्धिलाई जनविरोधी कदमको संज्ञा दिँदै सरकारप्रति असन्तुष्टि व्यक्त गरे। “जनतालाई महँगीको भारले थिच्ने काम अस्वीकार्य छ, हाम्रो आवाज नसुने संघर्षमा जान बाध्य हुनेछौं,” उनले भने।
सह–संयोजक अजय सोडारीले छिमेकी देशहरूसँग तुलना गर्दा नेपालमा पेट्रोलियम पदार्थको मूल्य अस्वाभाविक रूपमा बढाइएको आरोप लगाए। उनले भारतमा तुलनात्मक रूपमा कम मूल्य हुँदा नेपालमा अत्यधिक महँगो हुनु गम्भीर विषय भएको बताए। कर छुटको घोषणा गरिए पनि व्यवहारमा त्यसको लाभ जनताले नपाएको उनको दाबी छ।
अभियानका अन्य प्रतिनिधिहरूले पनि मूल्यवृद्धिले समग्र बजारमा महँगी बढाउने चेतावनी दिएका छन्। उनीहरूले सरकारले जनजीविकासँग सम्बन्धित मुद्दामा गम्भीरता नदेखाएको भन्दै आक्रोश व्यक्त गरे।
अभियानले समयमै माग सम्बोधन नभए सडक आन्दोलन चर्काउने र थप दबाबमूलक कार्यक्रम घोषणा गर्ने चेतावनी दिएको छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

नेपाल प्याब्सन सप्तरीद्वारा दुईदिने शिक्षण तालिम सुरु
नेपाल प्याब्सन सप्तरीद्वारा दुईदिने शिक्षण तालिम सुरु
इन्धन मूल्य नघटाए आयल निगम घेराउ गर्ने जेनजीको चेतावनी
इन्धन मूल्य नघटाए आयल निगम घेराउ गर्ने जेनजीको चेतावनी
पूर्व डिई सिताराम सिपलिया यादवको निधन
पूर्व डिई सिताराम सिपलिया यादवको निधन
घृणात्मक अभिव्यक्ति रोक्न आग्रह: सुनिल बाबु पन्तको अपिल
घृणात्मक अभिव्यक्ति रोक्न आग्रह: सुनिल बाबु पन्तको अपिल
मातातीर्थ औँसीः आमाप्रतिको श्रद्धा र संस्कृतिको गहिरो सन्देश
मातातीर्थ औँसीः आमाप्रतिको श्रद्धा र संस्कृतिको गहिरो सन्देश
संघीयतामाथि ‘स्टन्ट राजनीति’ नगर्न चेतावनी: शरदसिंह यादव
संघीयतामाथि ‘स्टन्ट राजनीति’ नगर्न चेतावनी: शरदसिंह यादव
दोलखामा मुद्रा सङ्ग्रहालय हस्तान्तरण, पर्यटन प्रवद्र्धनमा नयाँ आयाम
दोलखामा मुद्रा सङ्ग्रहालय हस्तान्तरण, पर्यटन प्रवद्र्धनमा नयाँ आयाम
तराईमा सिरुवा पर्व तथा जुडशीतलः संस्कृति, सद्भाव र प्रकृतिसँगको सम्बन्ध
तराईमा सिरुवा पर्व तथा जुडशीतलः संस्कृति, सद्भाव र प्रकृतिसँगको सम्बन्ध
बारामा तब्लिगी जमातको इस्तेमा: उद्देश्य र सुरक्षा व्यवस्थामाथि चासो
बारामा तब्लिगी जमातको इस्तेमा: उद्देश्य र सुरक्षा व्यवस्थामाथि चासो
नववर्ष २०८३ को अवसरमा उपराष्ट्रपति यादवको शुभकामना
नववर्ष २०८३ को अवसरमा उपराष्ट्रपति यादवको शुभकामना