emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

क्याम्पसमा प्रहरी चौकी र ब्यारिकेटको विरोध, गृहमन्त्रीलाई राजिनामा दिन विद्यार्थी संगठनहरूको माग

source e-Madhesh २०८३ वैशाख ९ गते , बुधबार
0
Shares
7
Views
क्याम्पसमा प्रहरी चौकी र ब्यारिकेटको विरोध, गृहमन्त्रीलाई राजिनामा दिन विद्यार्थी संगठनहरूको माग

ईमधेश न्यूज सम्वाददाता,
काठमाडौं, ०९ बैशाख ।
 विभिन्न विद्यार्थी संगठनहरूको संयुक्त मोर्चाले क्याम्पस र कलेजमा प्रहरी चौकी राख्ने तथा ब्यारिकेट गर्ने तयारीको विरोध गर्दै गृहमन्त्री सुधन गुरुङ को राजिनामा माग गरेका छन्।
राजधानीको संवाद डबलीमा मंगलबार आयोजित कार्यक्रममा उनीहरूले विद्यार्थी संगठन खारेज गर्ने प्रक्रिया अलोकतान्त्रिक र असंवैधानिक भएको जिकिर गरेका छन्। वक्ताहरूले शैक्षिक संस्थामा सुरक्षा संरचना विस्तारको नाममा विद्यार्थी गतिविधि नियन्त्रण गर्न खोजिएको आरोप लगाए।
नेपाल विद्यार्थी संघ का कार्यवाहक अध्यक्ष नविन पौडेल ले क्याम्पसहरूमा प्रहरी पोस्ट स्थापना गर्ने तयारी लोकतान्त्रिक अभ्यासविपरीत भएको बताए। यस्तै, अखिल (क्रान्तिकारी) का अध्यक्ष विजय प्रकाश शर्मा सापकोटा ले शक्ति र सत्ताको आडमा विद्यार्थी संगठनलाई दबाउने प्रयास घातक हुने चेतावनी दिए।
अन्य वक्ताहरूले पनि विद्यार्थी आन्दोलनको ऐतिहासिक भूमिकालाई स्मरण गराउँदै यस्ता निर्णयले असन्तोष बढाउने बताएका छन्। उनीहरूले विदेशी प्रभाव र नीतिगत हस्तक्षेपको समेत आलोचना गर्दै विद्यार्थी संगठनमाथि प्रतिबन्ध अस्वीकार्य हुने बताएका छन्।
कार्यक्रममा सहभागी नेताहरूले सरकारले निर्णय सच्याउनुपर्ने र माग सम्बोधन नभए आन्दोलनका कार्यक्रम अघि बढाइने चेतावनी दिएका छन्।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

गृहमन्त्री सुधन गुरुङलाई राजिनामा दिन जेनजीको चेतावनी
गृहमन्त्री सुधन गुरुङलाई राजिनामा दिन जेनजीको चेतावनी
क्याम्पसमा प्रहरी चौकी र ब्यारिकेटको विरोध, गृहमन्त्रीलाई राजिनामा दिन विद्यार्थी संगठनहरूको माग
क्याम्पसमा प्रहरी चौकी र ब्यारिकेटको विरोध, गृहमन्त्रीलाई राजिनामा दिन विद्यार्थी संगठनहरूको माग
पुरानो ‘¥याप ब्याटल’ विवादः प्रधानमन्त्रीसँग माफी र सामग्री हटाउन माग
पुरानो ‘¥याप ब्याटल’ विवादः प्रधानमन्त्रीसँग माफी र सामग्री हटाउन माग
नेपाल प्याब्सनद्वारा सञ्चालित दुईदिने प्रभावकारी शिक्षण सिकाइ तालिम सम्पन्न
नेपाल प्याब्सनद्वारा सञ्चालित दुईदिने प्रभावकारी शिक्षण सिकाइ तालिम सम्पन्न
नेपालमा रामराज्यः माटो सुहाउँदो शिक्षा नीति अवलम्बनको अपरिहार्यता
नेपालमा रामराज्यः माटो सुहाउँदो शिक्षा नीति अवलम्बनको अपरिहार्यता
नेपाल–भारत सम्बन्धः इतिहास, मधेस  र वर्तमान  चुनौती
नेपाल–भारत सम्बन्धः इतिहास, मधेस  र वर्तमान  चुनौती
नेपाल प्याब्सन सप्तरीद्वारा दुईदिने शिक्षण तालिम सुरु
नेपाल प्याब्सन सप्तरीद्वारा दुईदिने शिक्षण तालिम सुरु
इन्धन मूल्य नघटाए आयल निगम घेराउ गर्ने जेनजीको चेतावनी
इन्धन मूल्य नघटाए आयल निगम घेराउ गर्ने जेनजीको चेतावनी
पूर्व डिई सिताराम सिपलिया यादवको निधन
पूर्व डिई सिताराम सिपलिया यादवको निधन
घृणात्मक अभिव्यक्ति रोक्न आग्रह: सुनिल बाबु पन्तको अपिल
घृणात्मक अभिव्यक्ति रोक्न आग्रह: सुनिल बाबु पन्तको अपिल