emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

नेपाल मेडिकल कलेजमा पिजी विद्यार्थीलाई शैक्षिक अभिमुखीकरण

source e-Madhesh २०८३ वैशाख ११ गते , शुक्रबार
0
Shares
9
Views
नेपाल मेडिकल कलेजमा पिजी विद्यार्थीलाई शैक्षिक अभिमुखीकरण

ईमधेश न्यूज सम्वाददाता,
काठमाडौं, ११ बैशाख ।
 नेपाल मेडिकल कलेज मा स्नातकोत्तर (पिजी) तहमा भर्ना भएका विद्यार्थीहरूका लागि शैक्षिक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। बिहीबार आयोजित कार्यक्रममा कलेजका अध्यक्ष प्रा. डा. जैनुद्धिन अन्सारी को प्रमुख आतिथ्यता रहेको थियो।
कार्यक्रममा एमडी, एमएम, एमडीएस तथा एमएस्सी नर्सिङ संकायका विद्यार्थीहरूलाई उत्प्रेरणामूलक अभिमुखीकरण प्रदान गरिएको थियो। अध्यक्ष अन्सारीले चिकित्सा शिक्षामा सफल हुन अनुशासन, मेहनत र लगनशीलता अत्यावश्यक रहेको उल्लेख गर्दै स्नातकोत्तर अध्ययनका तीन वर्षले नै पेशागत भविष्य निर्धारण गर्ने बताउनुभयो। उनले बिरामीसँगको व्यवहारले नै चिकित्सकको मूल्यांकन हुने धारणा राख्नुभयो।
प्रबन्ध निर्देशक डा. सबिहा यासमिन ले अध्ययन अवधिमा भएका गल्तीहरू सिकाइको हिस्सा भए पनि व्यावसायिक जीवनमा त्यस्ता कमजोरी अस्वीकार्य हुने बताउँदै निरन्तर सिकाइमा जोड दिनुभयो।
कार्यक्रममा निर्देशक डा. नुसरत जहाँ अन्सारी, प्राचार्य प्रा. डा. मोदनाथ मरहठ्ठा तथा अस्पताल निर्देशक प्रा. डा. निलमणी उपाध्याय ले नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत गर्दै दक्ष चिकित्सक बन्न समर्पित अध्ययन गर्न आग्रह गर्नुभयो।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

मालपोत कार्यालय बाँकेमा नागरिक गुनासो संकलन
मालपोत कार्यालय बाँकेमा नागरिक गुनासो संकलन
नेपाल मेडिकल कलेजमा पिजी विद्यार्थीलाई शैक्षिक अभिमुखीकरण
नेपाल मेडिकल कलेजमा पिजी विद्यार्थीलाई शैक्षिक अभिमुखीकरण
एभरेष्ट इन्जिनियरिङ कलेजका सम्पूर्ण शिक्षक ‘एआई दीक्षित’
एभरेष्ट इन्जिनियरिङ कलेजका सम्पूर्ण शिक्षक ‘एआई दीक्षित’
लोकतन्त्र दिवस: उपलब्धि, चुनौती र विश्वासको परीक्षा
लोकतन्त्र दिवस: उपलब्धि, चुनौती र विश्वासको परीक्षा
गृहमन्त्रीको राजिनामा: के आउँदैछ नेपालमा रामराज्य !
गृहमन्त्रीको राजिनामा: के आउँदैछ नेपालमा रामराज्य !
विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस: ज्ञान, सिर्जना र अधिकारको उत्सव
विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस: ज्ञान, सिर्जना र अधिकारको उत्सव
गृहमन्त्री सुधन गुरुङलाई राजिनामा दिन जेनजीको चेतावनी
गृहमन्त्री सुधन गुरुङलाई राजिनामा दिन जेनजीको चेतावनी
क्याम्पसमा प्रहरी चौकी र ब्यारिकेटको विरोध, गृहमन्त्रीलाई राजिनामा दिन विद्यार्थी संगठनहरूको माग
क्याम्पसमा प्रहरी चौकी र ब्यारिकेटको विरोध, गृहमन्त्रीलाई राजिनामा दिन विद्यार्थी संगठनहरूको माग
पुरानो ‘¥याप ब्याटल’ विवादः प्रधानमन्त्रीसँग माफी र सामग्री हटाउन माग
पुरानो ‘¥याप ब्याटल’ विवादः प्रधानमन्त्रीसँग माफी र सामग्री हटाउन माग
नेपाल प्याब्सनद्वारा सञ्चालित दुईदिने प्रभावकारी शिक्षण सिकाइ तालिम सम्पन्न
नेपाल प्याब्सनद्वारा सञ्चालित दुईदिने प्रभावकारी शिक्षण सिकाइ तालिम सम्पन्न