emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

बहानाबाजी नचल्ने, नतिजा दिनैपर्छ : प्रधानमन्त्री बालेन शाह

source e-Madhesh २०८२ चैत्र १४ गते , शनिबार
0
Shares
3
Views
बहानाबाजी नचल्ने, नतिजा दिनैपर्छ : प्रधानमन्त्री बालेन शाह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ले नेपाल सरकारका सचिवहरूसँगको पहिलो बैठकमै कडा निर्देशन दिँदै अब बहानाबाजी नचल्ने स्पष्ट पारेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित उक्त बैठकमा प्रदेशका प्रमुख सचिवहरूसहित अधिकांश सचिवहरूको उपस्थिति रहेको थियो। बैठकमा प्रधानमन्त्री शाहले कर्मचारी प्रशासनलाई सरकारको नयाँ गति र कार्यशैलीसँग समन्वय गरेर परिणाममुखी ढंगले काम गर्न आग्रह गरेका छन्। उनले स्पष्ट रूपमा भने, अब कारण खोजेर काम टार्ने अवस्था छैन। नागरिक र देशहितमा गर्नुपर्ने काम जहाँ अड्किएको छ, त्यहाँ समाधान खोज्नुपर्छ।उनले सरकारको गतिमा हिँड्न नसक्ने कर्मचारीहरूले मार्गप्रशस्त गर्नुपर्ने संकेत गर्दै आवश्यक परे राजीनामा दिनसमेत सुझाव दिएका छन्। प्रधानमन्त्री शाहले ;कानुनले मिल्दै भन्ने बहानालाई अस्वीकार्य ठहर गर्दै कानुनी अड्चन भए संशोधनमार्फत समाधान गर्ने बताए। कानुनले मिल्दैन भने त्यसलाई मिल्ने बनाउने जिम्मा हाम्रो हो,उनले भने। लोकसेवा आयोगमार्फत चयन भएका कर्मचारीहरूको क्षमतामाथि विश्वास व्यक्त गर्दै उनले काममा ढिलासुस्ती नगर्न निर्देशन दिए। साथै, विगतका प्रभावबाट मुक्त भएर सुशासन र नागरिककेन्द्रित सेवा प्रवाहमा ध्यान दिन आग्रह गरे। बैठकको अन्त्यमा उनले भावनात्मक सन्देश दिँदै भने, म नेपाल हाँसेको हेर्न चाहन्छु।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

बहानाबाजी नचल्ने, नतिजा दिनैपर्छ : प्रधानमन्त्री बालेन शाह
बहानाबाजी नचल्ने, नतिजा दिनैपर्छ : प्रधानमन्त्री बालेन शाह
इन्जिनियर बालेन्द्र शाह प्रधानमन्त्री बनेपछि नेपाल इको प्यानलको बधाई
इन्जिनियर बालेन्द्र शाह प्रधानमन्त्री बनेपछि नेपाल इको प्यानलको बधाई
रामनवमी पर विशेष- राम : भारतीय सभ्यता के मूल आधार 
रामनवमी पर विशेष- राम : भारतीय सभ्यता के मूल आधार 
स्व. गजेन्द्रनारायण सिंहको ९७औँ जन्मजयन्तीमा श्रद्धाञ्जली अर्पण
स्व. गजेन्द्रनारायण सिंहको ९७औँ जन्मजयन्तीमा श्रद्धाञ्जली अर्पण
उपराष्ट्रपति यादवद्वारा रामनवमीको शुभकामना, सत्य र मर्यादाको मार्गमा अघि बढ्न आह्वान
उपराष्ट्रपति यादवद्वारा रामनवमीको शुभकामना, सत्य र मर्यादाको मार्गमा अघि बढ्न आह्वान
राम नवमीः सत्य, मर्यादा र मानवताको सन्देश
राम नवमीः सत्य, मर्यादा र मानवताको सन्देश
भक्तपुरमा बाँसुरी बनाउने कार्यशाला आयोजना हुँदै
भक्तपुरमा बाँसुरी बनाउने कार्यशाला आयोजना हुँदै
नवनिर्वाचित सांसदद्वारा शपथ, प्रतिनिधिसभा औपचारिक रूपमा सक्रिय
नवनिर्वाचित सांसदद्वारा शपथ, प्रतिनिधिसभा औपचारिक रूपमा सक्रिय
पहिचानको युद्ध: भारतको नयाँ ट्रान्सजेन्डर कानुन र नेपालको अस्पष्ट बाटो
पहिचानको युद्ध: भारतको नयाँ ट्रान्सजेन्डर कानुन र नेपालको अस्पष्ट बाटो
सुकुम्बासी बस्तीमा डोजर चलाइयो भन्दै विरोध, संघर्षको चेतावनी
सुकुम्बासी बस्तीमा डोजर चलाइयो भन्दै विरोध, संघर्षको चेतावनी