emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

नेपालको तराई क्षेत्रमा जितिया पर्वको उल्लास

source e-Madhesh २०८१ माघ २२ गते , मंगलबार
0
Shares
26
Views
नेपालको तराई क्षेत्रमा जितिया पर्वको उल्लास

भूपदेव माली
राजविराज, ०८ असोज ।
नेपालको सम्पूर्ण तराई क्षेत्रमा जितिया पर्वको उल्लास छाइएको छ। वैदिक सनातन हिन्दू परम्पराअनुसार यो व्रत कुनै धनधान्य अनि ऐश्वर्यका लागि नभई नितान्त मातृस्नेह र मातृवात्सल्यको रुपमा अश्विन कृष्ण पक्षको सप्तमीदेखि नवमीसम्म गरी तीन दिनसम्म मनाइने हुँदा तराईका समस्त हिन्दू नारीहरूले यो व्रत मनाउने गरेका हुन्।
जित्या पर्व मनाउँदा धेरै गाउँ टोलहरूमा जितमहानको मूर्ति बनाएर मेला समेत आयोजना गरेका छन्।
सप्तरीको हनुमान नगर कंकालिनी नगरपालिकाको भारद बजार स्थित यस वर्ष दुई ठाउँमा जितमहानको मूर्ति आयोजन गरिएको छ।
जितिया पर्व मनाउँदा पर्वको प्रथम दिनलाई नहाई–खाई अर्थात् एकाबिहानै उठी नजिकको जलाधार अथवा नदीमा स्नान गरी तोरीको तेल र ‘खर’ चढाउने परम्परा रहिआएको छ । आमाहरूले स्नान गरेर मात्र यस दिन चोखो खानेकुरा सेवन गर्छन् ।
दोश्रो दिन जीवित पुत्रीकाको दिन ‘अष्टमी’ र यस दिनलाई ‘खर दिन’ पनि भनिन्छ । यस दिन व्रतालु हरू दिनभरि उपवास रही रात्री दही चिउडा अर्थात् उटगन खाइनछन् । तेश्रो दिनलाई पारण भनिन्छ र यस दिन खाना खाइन्छ । तिथि मितिमा तलमाथि परे अथवा एउटै तिथि दुइै दिन परेमा कहिलेकाहीँ आमाहरूले तीन दिनसम्म निर्जल व्रत बस्नुपर्ने पनि हुन्छ ।
जितिया पर्व मिथिलाबासी लगायत भारतीय नारीहरूले मनाए पनि खासगरी थारु समुदायमा यस पर्वलाई बढी महत्वका साथ लिइन्छ । थारुनी महिलाहरूले पारम्परिक गीत, सङ्गीतका साथमा नाचगानसहित जितिया पर्व मनाइन्छ ।
थारु समुदायले जितियामा नाँच्ने नाचलाई ‘झ्याम्टा’ भनिन्छ । यो समुदायले ब्रहमथानमा गाउने पानीका देवताको एउटा विशेषखाले गीत हुन्छ, जसलाई ‘जतसरी’ भनिन्छ । पिपलको हाङ्गा काटेपछि थारु महिलाहरूले गाउने एउटा अर्को पारम्परिक विशेष गीत छ, जसलाई ‘दारकाटोनी’ भनिन्छ । जितिया पर्वमा खुला आकाशमुनि सम्पूर्ण गीत अनि नृत्य प्रदर्शन गर्ने गरिन्छ । मूर्ति निर्माण गरी मेला लगाएको ठाउँहरूमा आधुनिक गीत नित्य समेतको आयोजन गर्ने गरिन्छन्।
बहुभाषिक अनि बहुसंस्कृतियुक्त हाम्रो देश नेपालमा जितिया पर्वले धेरै समुदाय, भाषा अनि संस्कृति मान्नेहरूलाई एकै थलोमा भेला पार्छ ।
अझ विशेष रूपले नेपालको मिथिलाञ्चलमा एकदमै प्रचलित यो पर्वको विशेष परिकारको आकर्षण भनेको ‘झोर भात’ अर्थात् झोल भनेको तरकारी लगायतका कुराको रस र सामान्य भात अनि ‘नोनीको साग’ र ‘मडुवा’ अर्थात् कोदोको रोटी हो । यसरी नै माछामासु खानेले माछा पनि खाने गरिन्छन्।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव