emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

ईद उल फित्रमा अन्सारीको शुभकामना, लोकसेवा परीक्षाप्रति आपत्ति

source e-Madhesh २०८२ चैत्र ७ गते , शनिबार
0
Shares
19
Views
ईद उल फित्रमा अन्सारीको शुभकामना, लोकसेवा परीक्षाप्रति आपत्ति

 

र्ईमधेश न्यूज सम्वाददाता,
काठमाडौं, ०७ चैत्र ।
 मुस्लिम समुदायको महान पर्व ईद उल फित्र को अवसरमा पूर्वगृह राज्यमन्त्री तथा नेपाल संघीय समाजवादी पार्टी का अध्यक्ष मो. रिजवान अन्सारी ले सम्पूर्ण मुस्लिम समुदायमा शुभकामना व्यक्त गरेका छन्।
शनिबार शुभकामना सन्देश जारी गर्दै अन्सारीले नेपाल तथा विश्वभर रहेका मुस्लिम दाजुभाइ–दिदीबहिनीमा “ईद मुबारक” व्यक्त गर्दै सुख, शान्ति र समृद्धिको कामना गरेका हुन्। उनले ईदले समानता, सामाजिक न्याय, भ्रातृत्व, सहअस्तित्व र धार्मिक सहिष्णुताको सन्देश दिने उल्लेख गर्दै यस पर्वले नेपाली समाजलाई अझ एकताबद्ध बनाउने विश्वास व्यक्त गरे।
उनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढ बनाउन सबै नागरिक एकजुट हुनुपर्नेमा जोड दिएका छन्। “यस खुशीको अवसरमा हामी सबैले आपसी सद्भाव, सहकार्य र राष्ट्रिय एकताको भावनालाई अझ मजबुत बनाउँदै अघि बढ्नुपर्छ,” उनले सन्देशमा उल्लेख गरेका छन्।
यद्यपि, अन्सारीले ईदकै दिन मधेश प्रदेश लोकसेवा आयोगले परीक्षा राखेकोप्रति गम्भीर आपत्ति जनाएका छन्। उनले यस्तो निर्णयले मुस्लिम विद्यार्थीहरूलाई पर्व मनाउने अवसरबाट वञ्चित गर्दै परीक्षा दिन बाध्य बनाएको बताएका छन्।
अन्सारीले यसलाई मुस्लिम समुदायको संवैधानिक तथा मौलिक अधिकारमाथिको हस्तक्षेपका रूपमा उल्लेख गर्दै सरकारसँग उक्त निर्णय सच्याउन माग गरेका छन्। साथै, आगामी दिनमा सबै धर्मावलम्बीहरूको चाडपर्वलाई ध्यानमा राखेर परीक्षा तथा सार्वजनिक कार्यक्रम निर्धारण गर्न सरकारलाई सुझाव दिएका छन्।
उनले धार्मिक सहिष्णुता र समावेशितालाई व्यवहारमा कार्यान्वयन गर्नुपर्ने आवश्यकता औंल्याउँदै राज्यले सबै समुदायप्रति समान संवेदनशीलता देखाउनुपर्नेमा जोड दिएका छन्।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार