emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

तेल लगाउने र नीमको पात खाने परम्पराः स्वास्थ्य र संस्कृतिको सन्देश

source e-Madhesh २०८२ चैत्र ५ गते , बिहीबार
0
Shares
22
Views
तेल लगाउने र नीमको पात खाने परम्पराः स्वास्थ्य र संस्कृतिको सन्देश

 नयाँ वर्षको आगमनसँगै नेपाली समाजमा विभिन्न परम्परागत अभ्यासहरू अपनाउने चलन रहिआएको छ। त्यसमध्ये “तेल लगाउने र नीमको पात खाने दिन” विशेष सांस्कृतिक तथा स्वास्थ्यसम्बन्धी महत्व बोकेको परम्परा मानिन्छ।
धार्मिक ग्रन्थ स्कन्द पुराण मा उल्लेखित श्लोकअनुसार विभिन्न पवित्र वृक्ष रोप्ने र संरक्षण गर्ने व्यक्तिले नर्क नदेख्ने विश्वास गरिएको छ। ती वृक्षहरूमा तुलसी, पिपल, बेल, अमला र नीम विशेष मानिन्छन्।
नयाँ वर्ष २०८३ लाई स्वागत गर्ने क्रममा देशका विभिन्न स्थानमा यो परम्परा मनाइँदैछ। केही ठाउँमा यसलाई जुटशित्तल, सिरुवा वा नयाँ सालका रूपमा पनि चिनिन्छ। नयाँ वर्ष सुरु हुनु अघि शरीरमा तेल लगाउने र नीमको पात खाने अभ्यासले पुरानो वर्षका दुःख–कष्टलाई त्यागी नयाँ सुरुवातको सन्देश दिने विश्वास गरिन्छ।
नीमलाई ‘तीतो अमृत’का रूपमा लिइन्छ। यसको तीतोपनले विगतका तितोपनालाई प्रतीकात्मक रूपमा स्वीकार गर्दै आगामी दिनमा मिठास र समृद्धिको अपेक्षा गरिन्छ। साथै, नीमको सेवनले स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास रहिआएको छ।
आयुर्वेदिक दृष्टिले नीमलाई महत्वपूर्ण औषधिका रूपमा मानिन्छ। यसले छाला सम्बन्धी समस्या, संक्रमण तथा विभिन्न रोगहरूबाट बचाउन सहयोग पु¥याउने जनविश्वास छ। त्यस्तै, शरीरमा तेल लगाउने परम्पराले छालालाई संरक्षण, पोषण र मजबुती प्रदान गर्ने मान्यता रहिआएको छ।
पौराणिक कालदेखि चल्दै आएको यो परम्पराले नेपाली समाजमा स्वास्थ्य, संस्कार र आपसी सम्बन्धलाई जोड्ने काम गर्दै आएको छ। नयाँ वर्षको अवसरमा अपनाइने यस्ता अभ्यासहरूले मानिसहरूबीच स्नेह, सद्भाव र सकारात्मक सोच विस्तार गर्ने अपेक्षा गरिएको छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव