emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

रोयल सेकेन्डरी स्कुल भारदहमा कक्षा १२ का विद्यार्थीलाई विदाई

source e-Madhesh २०८२ फाल्गुन २९ गते , शुक्रबार
0
Shares
25
Views
रोयल सेकेन्डरी स्कुल भारदहमा कक्षा १२ का विद्यार्थीलाई विदाई


भूपदेव माली 
राजविराज, २९ फाल्गुन ।
 रोयल सेकेन्डरी स्कुल मा कक्षा १२ का विद्यार्थीलाई शुक्रबार विदाई कार्यक्रम सम्पन्न गरिएको छ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर ३ पोर्ताहा (भारदह बजार) स्थित विद्यालय परिसरमा आयोजित कार्यक्रममा कक्षा ११ का विद्यार्थीहरूले कक्षा १२ का विद्यार्थीलाई सम्मानसहित विदाई गरेका हुन्।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा मधेश प्रज्ञा प्रतिष्ठान का सञ्चालक सदस्य दिनेशकुमार यादव सहभागी थिए। साथै विद्यालयका प्रिन्सिपल देवनाथ यादव, शिक्षक वैजुनाथ मण्डल, वरिष्ठ शिक्षक श्रवण मण्डल तथा शिक्षक मनोज यादव लगायतको उपस्थिति रहेको थियो।
विदाई कार्यक्रममा कक्षा ११ का विद्यार्थीहरूले कक्षा १२ का विद्यार्थीलाई टिका लगाइ कापी तथा कलम प्रदान गर्दै सफल भविष्यको कामना गरेका थिए। कार्यक्रममा विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुति तथा शुभकामना मन्तव्यसमेत व्यक्त गरेका थिए। विद्यालय परिवारले कक्षा १२ का विद्यार्थीहरूको आगामी शैक्षिक तथा व्यावसायिक यात्राका लागि शुभकामना व्यक्त गरेको छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार