emadheshnews2019@gmail.com ९८४२८२१९०५ , ९८०४७०८०७३

२०८२ वैशाख १५ गते , सोमबार
पहिलो पटक नेपाली फिल्म नेपाली र हिन्दी दुवै भाषामा आजबाट विश्वभरी प्रदर्शन हुदै
e-Madhesh २०८२ वैशाख १५ गते , सोमबार

 आर एन मेहता                                                       २०७९ असोज ७ , सप्तरी ।

बितेको कुनै युगको काल्पनिक परिवेश र कथामा आधारित निर्माता सन्तोष सेनकाे फिल्म  ‘प्रेमगीत -३’ नेपाली र हिन्दी दुवै भाषामा आजबाट विश्वभरी प्रदर्शन हुदैछ । असोज ७ गते दुवै संस्करण संगै रिलिज भएपनि प्राबिधिक कारणले  हिन्दी संस्करण नेपालमा सोमवार बाट मात्र प्रदर्शन  हुने भएको छ। यस फिल्म  भित्र पृष्ठभूमिमा नेपालकै  सेताम्मे हिम शृङ्खलाहरू, भौगोलिक विकटता , प्राकृतिक सौन्दर्य र नेपाली जनशक्ति देखाइएका छन् ।          

                 

 

चलचित्रको हिन्दी संस्करणमा राखिएका चार गीतहरू  जी म्युजिकमार्फत् सार्वजनिक भएका छन, भने ती गीतहरूमा पाकिस्तानी गायक राहत फतेह अली खान, भारतीय गायक जुबिन नौटियाल, पलक मुछल, अङ्कित तिवारी र देव नेगीले स्वर दिएका छन्। यस चलचित्रको प्राविधिक काम भारतका चर्चित व्यक्ति तथा सफल संस्थाका प्राविधिकहरूले गरेका  छन्। यस फिल्मको अन्त्यमा इन्डियन आइडल -१२ का चर्चित जोडी पवनदिप राजन र अरुनिता कान्जिलाललाई पनि पवनदिपकै स्वर संगीत मा देखाइएका छन्  ।

 

त्यसैगरी अभिनेता प्रदीप खड्का र अभिनेत्री क्रिस्टिना गुरुङ को मुख्य भुमिकाको साथै सुनिल थापा , शिव श्रेष्ठ , सन्तोष सेन , लक्ष्मी बरदेवा लगायत अभिनित यश चल्चित्रले उर्दु ,अङ्ग्रेजी , चाइनिज जस्ता भाषामा पनि डबिङ्ग पाउने भएका छन ।

 

अर्थात यश फिल्मले नेपाली चलचित्र  जगतको लागी विश्व बजारको ढोका खोलेकै देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

हालको समाचार