emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

प्रतिनिधिसभा निर्वाचन २०८२

source e-Madhesh २०८२ फाल्गुन २१ गते , बिहीबार
0
Shares
27
Views
प्रतिनिधिसभा निर्वाचन २०८२

नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रतिनिधिसभा निर्वाचन केवल राजनीतिक प्रक्रिया मात्र होइन, जनताको सार्वभौम अधिकार प्रयोग गर्ने महत्वपूर्ण अवसर हो। प्रतिनिधि सभा २७५ सदस्यीय साझा थलो हो, जहाँ विविधता र समावेशिताको प्रतिबिम्ब देखिन्छ। नेपालको नेपालको संविधान २०७२ ले परिकल्पना गरेअनुसार १६५ सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली (ँएत्ए) मार्फत चुनिन्छन् भने ११० सदस्य समानुपातिक प्रतिनिधित्व (एच्) प्रणालीबाट निर्वाचित हुन्छन्। यस व्यवस्थाले भूगोलसँगै वर्ग, समुदाय र लैङ्गिक समावेशितालाई सुनिश्चित गर्दै राज्य सञ्चालनमा सबैको आवाज समेट्ने प्रयास गरेको छ।
निर्वाचनको मूल उद्देश्य नागरिकको मतलाई शासन प्रणालीसँग प्रत्यक्ष रूपमा जोड्नु हो। जब एक मतदाता मतदान केन्द्रमा पुगेर आफ्नो मत खसाल्छ, उसले केवल प्रतिनिधि चयन गर्दैन, बरु देशको नीति, योजना र भविष्य निर्धारण गर्ने प्रक्रियामा सहभागी बन्छ। जनमतको आधारमा निर्माण हुने सरकार र त्यसबाट पारित हुने कानुनहरूले नै लोकतन्त्रको वास्तविक मर्म उजागर गर्छन्।
लोकतन्त्रमा प्रत्येक मत बराबर मूल्यको हुन्छ। तपाईंको एक मत परिवर्तनको सबैभन्दा शक्तिशाली साधन हो। मतदान नगर्नु भनेको आफ्नो अधिकार प्रयोग नगर्नु मात्र होइन, आफ्नो भविष्य अरूको निर्णयमा छोड्नु पनि हो। त्यसैले, योग्य, इमानदार र दूरदर्शी नेतृत्व छनोट गर्न मतदानमा सक्रिय सहभागिता जनाउनु आवश्यक छ।
निर्वाचन दिवस केवल क्यालेन्डरको मिति होइन, यो जिम्मेवारी, चेतना र आशाको दिन हो। आजको सचेत निर्णयले नै भोलिको समुन्नत, समावेशी र समृद्ध नेपालको आधार तयार गर्छ। लोकतन्त्रलाई जीवित र सबल बनाउन सबै मतदाताले निर्धक्क भई आफ्नो मताधिकार प्रयोग गरौं।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव