emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

स्वरका धनी गायिका पायल ठाकुर

source e-Madhesh २०८१ माघ २२ गते , मंगलबार
0
Shares
80
Views
स्वरका धनी गायिका पायल ठाकुर

 


प्रसंग हो एक ग्रामीण भेकमा रहेरपनि कलाको क्षेत्रमा निरन्तर अगाडि बढ्दै गइरहेकी गायिका पायल ठाकुरको। मैथिली भाषाको गायन क्षेत्रमा योगदान दिँदै गरेकी ठाकुरको गायन जीवन चरित्रको । बाल्यकालदेखि नै गायन क्षेत्रमा लागेकी पयल ठाकुरले पढाई गर्नुको संगै केही समय गीत संगीततिर दिएर गायन अभ्यासमा यथासम्भव प्रयास गर्दै आएकी हुन् ।वहाँले कक्षा १ मा पढदै गरेकी अवस्थामा विद्यालयको मञ्चमा आफ्नो गीतको प्रदर्शन गरी प्रोत्साहनको पात्र बनेकी थिइन् । हाल १७ वर्ष नपुग्दै ३५ वटाभन्दा बढी गीतहरुमा आफ्नो स्वर /आवाज/ दिएर चर्चामा पुगेकी हुन् ।उहाँको पहिलो गीत -जागु जागु न क त सुतल छि मधेसक भैया र बहुत सतेलै अब नै मानबौ ,तोडबौ मोहर गुमान भन्ने मैथिली क्रान्तिकारी गित रेकर्डिङ पश्चात मुस्कील मुस्काई मुस्कान ललेलौ,कहैन रोग लगादेलि यौन राजा आधुनिक मैथिली गीतसंगै भक्ति गितहरू जग में आहांके महिमा मै अपार हे/मैथिली भक्ति गित /हे मां चण्डी भवानी/हिन्दी/,हमला से भंगिया शाही पिसाब /भोजपुरी,मुर्ली बाले कृष्णको गोवरधनधारी /हिन्दी/, रेकर्डिङ हुँदै गयो ।                    
ठाकुरले गायेकी अधिकांश मैथिली भक्ति गितहरूका रचनाकार वहाँकी हजुरबुवा राघवेन्द्र झा/राघव जी/र कतिपय का रचनाकार करुणा झा रहेका छन् ।यसरी नै उहाँले गायेकी अनेक गीतहरूमा संगीत राघव जी तथा मामा दिपेन्द्र झाले दिनुभएको छ।
सप्तरीको तिलाठीमा जन्मनु भएको राघव जीका पिता पण्डित राजधर झा पनि गायन -वादन क्षेत्रमा आबद्ध रहनाले वहाँका परिवारमा गीत गाउने -बाजा बजाउने संस्कार रहँदै आएको थियो। राघव जी ३० वर्ष पूर्व सप्तरीको भारदहमा /हालको हनुमाननगर कंकालनी नगरपालिका वडा नं १ /मा बिहार सरकारको कोशी प्रोजेक्टमा कार्यरत भई बस्न थालेपछि भारदहमा स्थानिय युवायुवतीहरु को सहयोगमा उदितनारायण मिथिला संगीत कला केन्द्र नामक क्लव स्थापना गरी आवद्ध युवा युवतीहरु लाई गीत -संगीत सिकाउने प्रशिक्षकको रुपमा कार्य गर्दै आउनुभएको थियो । यद्यपि यतिवेला उक्त कलव रहेन ।छोरा दीपेन्द्र झा /दीपक/, नातिनी पायल ठाकुरसँग मिलेर गीतसंगीतको टोली जीवित राख्दै आउनुभएको छ र सोही को उपज हो गायिका पायल ठाकुर।
पायल ठाकुरको जन्म २०६० साल चैत्र १७ गते सप्तरीको गाविस भारदह वडा नं २ मा /हाल हनुमाननगर कंकालनी नगरपालिका वडा नं १ भारदहमा /भएको हो। उहाँकी बुबा मुकेस ठाकुर र आमा मीनादेवी ठाकुर हुन् । वहाँहरुले पनि गित- संगित प्रेमी भएकोले नै छोरी पायललाई गायनक्षेत्रमा जान प्रोत्साहित गरेका थिए।            

यतिवेला गायिका पायल ठाकुर १७ बर्षको भइसकेकी छिन् र ३५ वटाभन्दा बढी गीतहरुमा आफ्नो स्वर दिएर चर्चामा छिन्। गायिकाले उचित मंच नपाएर तथा वहाँले गायेकी गीतहरूलाई श्रोताहरु बिच पुर्याउन सक्ने राम्रो मंच नपाउनाले पछाडी परेकी छिन् ।आजको यो प्रतिस्पर्धात्मक युगमा उचित मार्ग तथा दक्ष मार्गदर्शक नपाउनेले अधिकांश गुणमान तथा कलाकारहरुले पनि गन्तव्यमा पुग्न असफल भएको यथार्थ कसैसँग लुकेको छैन ।पायलको गायन जिवनमा पनि यस्तै भएको हो। पायलसंग मिठो स्वर तथा मनै छुने गायन कला रहँदापनि एक स्तरीय गीत गायन गर्ने मञ्च तथा दक्ष एवं चर्चित संगीतकारको अभावमा आफू ईक्षुक हुदाँ हुँदैपनि प्रसिद्धिका उचित स्थान पाउन सकेकी छैन।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार