emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

रोयल सेकन्ड्री स्कुलमा पुरस्कार वितरण तथा होली समारोह

source e-Madhesh २०८२ फाल्गुन १७ गते , आइतबार
0
Shares
80
Views
रोयल सेकन्ड्री स्कुलमा पुरस्कार वितरण तथा होली समारोह

लिलाकान्त यादव, 
राजविराज, १७ फाल्गुन ।
 होली पर्वको अवसरमा रोयल सेकन्डरी स्कुलमा विशेष सांस्कृतिक तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ। विद्यालयका प्रिन्सिपल देवनाथ यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा शिक्षक–शिक्षिका तथा  विद्यार्थीहरुको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा शिक्षक प्रभु नारायण यादवले उदघोषकको भूमिका निर्वाह गरेका थिए। शिक्षकशिक्षिकाहरु मनोज यादव, नरेश झा, राजकुमार मंडल, शम्भु यादव, श्रवण मंडल, सगिता यादव र पुजा दासलगायतको उपस्थिति रहेको थियो। अतिथिको रूपमा मधेश प्रज्ञा प्रतिष्ठान का सञ्चालक सदस्य दिनेश यादव सहभागी भएका थिए।
कक्षा नर्सरी देखी कक्षा १० सम्मका विद्यार्थीहरुलाई तेश्रो त्रैमासिक परिक्षामा कक्षागत रुपमा प्रथम, द्धितीय र तृतीय हुनेलाई पुरस्कार वितरण गरिएको थियो । सो अवसरमा विद्यालय टप गर्ने कक्षा २ मा अध्ययनरत छात्र दिनेश्वर यादवलाई पुरस्कृत गर्नुको साथै सत प्रतिशत कक्षा उपस्थित हुने कक्षा ८ मा अध्ययनरत छात्र अमृत यादवलाई समेत पुरस्कृत गरिएको थियो ।
होली विशेष नृत्य कार्यक्रममा श्रेया यादव, पुष्पा महतो, प्रियंका, नन्दनी, लक्ष्मी सजना माझी, राधिका, लिना, सोनम,आयुषी, कामनी, रानी लगायतका छात्राहरुले भाग लिएका थिए ।
कार्यक्रमको अवसरमा हालै सम्पन्न परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको विद्यालयले जनाएको छ। उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान गर्दै अध्यक्ष यादवले विद्यार्थीको मेहनत र शिक्षकहरूको समर्पणले विद्यालयको शैक्षिक स्तर उकास्न महत्त्वपूर्ण भूमिका खेलेको बताए।
होली पर्वको उल्लास झल्काउने गरी विद्यार्थीहरुले विभिन्न सांस्कृतिक प्रस्तुति दिएका थिए। लोकगीत, नृत्य तथा समूहगानमार्फत विद्यार्थीहरूले दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए। कार्यक्रममा सहभागीहरूले होलीलाई आपसी सद्भाव, भाइचारा र सांस्कृतिक एकताको पर्वका रूपमा मनाउनुपर्ने धारणा व्यक्त गरेका थिए।
कार्यक्रमको समापन गर्दै विद्यालयले यस्ता कार्यक्रमले विद्यार्थीको प्रतिभा प्रस्फुटनका साथै सांस्कृतिक चेतना अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको थियो।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव