emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

बास नेपालद्वारा अर्धवार्षिक समीक्षा तथा योजना तर्जुमा बैठक सम्पन्न

source e-Madhesh २०८२ फाल्गुन ८ गते , शुक्रबार
0
Shares
26
Views
बास नेपालद्वारा अर्धवार्षिक समीक्षा तथा योजना तर्जुमा बैठक सम्पन्न


ईमधेश न्युज सम्वाददाता, 
नेपालगन्ज, ०८ फाल्गुन ।
 सुशासनको क्षेत्रमा क्रियाशील संस्था बास नेपालले अर्धवार्षिक समीक्षा तथा आगामी योजना तर्जुमा बैठक नेपालगन्जमा सम्पन्न गरेको छ। संस्थाका केन्द्रीय अध्यक्ष शिव कुमार वर्माको अध्यक्षतामा सम्पन्न बैठकले चालु आर्थिक वर्ष २०८२÷०८३ को पहिलो छ महिनाको प्रगति तथा आर्थिक विवरणमाथि छलफल गरी पारित गरेको छ भने आगामी छ महिनाका लागि कार्ययोजना तय गरेको जनाएको छ।
बैठकमा कार्यकारी निर्देशक नमस्कार शाहले साउनदेखि पुससम्मको प्रगति तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए। निर्देशक हेमराज भट्टले पहिलो छ महिनामा हासिल उपलब्धि तथा आगामी कार्यक्रमबारे जानकारी गराए। कार्यक्रम अधिकृत रबिन्द्र बोहराले ‘ग्रिन नेपालगन्ज सामुदायिक फोहोर रूपान्तरण परियोजना’को प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए।
महासचिव कल्पना अधिकारीको सञ्चालनमा सम्पन्न बैठकमा केन्द्रीय कार्यसमिति पदाधिकारी तथा कर्मचारीहरूले संस्थाका कार्यक्रम र भावी योजनाबारे आ–आफ्नो धारणा राखेका थिए। बैठकको समापन अध्यक्ष वर्माले धन्यवाद ज्ञापनसहित गरेका थिए।
यसैबीच, संस्थाको ५२औँ पूर्णकालीन बैठकको अवसरमा केन्द्रीय पदाधिकारीहरूलाई संस्थागत नीति, निर्देशिका र कानुनसम्बन्धी अभिमुखीकरण पनि गरिएको छ। परिमार्जित विधानबारे कार्यकारी निर्देशक शाहले तथा रणनीतिक योजना र नीतिगत विषयमा निर्देशक भट्टले प्रस्तुति दिएका थिए।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार