emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

राष्ट्रिय समाचार समिति को ६५औँ वार्षिकोत्सव मनाइयो

source e-Madhesh २०८२ फाल्गुन ६ गते , बुधबार
0
Shares
30
Views
राष्ट्रिय समाचार समिति को ६५औँ वार्षिकोत्सव मनाइयो

राजविराज, ६ फागुन । राष्ट्रिय समाचार समिति (रासस) को ६५औँ वार्षिकोत्सवका अवसरमा रासस जिल्ला कार्यालय सप्तरीले अन्तरक्रिया कार्यक्रम आयोजना गरी वार्षिकोत्सव मनाएको छ। नेपाल पत्रकार महासंघ राजविराजको सभाहलमा ‘निर्वाचन आचारसंहितामा सञ्चार’ विषयक कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तुलराज पोखरेलले आगामी फागुन २१ गते हुने आम निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण बनाउन सबै पक्षले आचारसंहिता पालना गर्नुपर्नेमा जोड दिए। उनले सुशासन कायम गर्न पारदर्शी सूचना प्रवाह आवश्यक रहेको उल्लेख गरे। महासंघका अध्यक्ष श्रवणकुमार देवले राजनीतिक दलको प्रचारमा संलग्न हुनु पत्रकारिताको आचारसंहिताविपरीत भएको बताए। उनले आचारसंहिता उल्लंघन गर्ने पत्रकारलाई कुनै छुट नहुने स्पष्ट पारे। त्यसैगरी नेपाल प्रेस युनियन का अध्यक्ष बिनोदकुमार लाल कर्णले मधेश प्रदेशका समाचारको प्रतिनिधित्व बढाउनुपर्ने आवश्यकता औँल्याए। निर्वाचनका बेला पत्रकारसमेत प्रचारमा संलग्न हुनु गलत अभ्यास भएको उनले बताए। कार्यक्रममा पूर्व अध्यक्ष धर्मेन्द्र झा, वरिष्ठ पत्रकार विष्णु मण्डललगायतले निष्पक्ष पत्रकारिता र आचारसंहिताको कडाइका साथ कार्यान्वयनमा जोड दिएका थिए। रासस जिल्ला कार्यालय प्रमुख शम्भु प्रसाद यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य अरुणकुमार यादवले दिएका थिए भने सञ्चालन उमेश साहले गरेका थिए।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार