emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

कोशी स्नान मेला ठाउँ–ठाउँमा शुक्रवार पनि

source e-Madhesh २०८१ माघ २२ गते , मंगलबार
0
Shares
83
Views
कोशी स्नान मेला ठाउँ–ठाउँमा शुक्रवार पनि

भूपदेव माली,
राजविराज १६ माघ ।
कोशी स्नान मेला पौषको पूर्णिमाका दिन आयोजना भएपनि सप्रतीको क्यौं स्थानहरुमा सो मेला तिन दिनसम्म रही रहेको छ । झनकट्टा, मलकौर, भलुवामा पनि कोशी स्नान मेला तिन दिन सम्म राख्नका लागि आयोजक समितिले नित्य तथा खेल आदि मनोरञ्जन आयोजना गरी मेलाको अवधि बढाएका छन् ।
सप्रतीको हनुमाननगर कंकालिनी नपा १, भारदहको भलुवा स्थित महुली कोशी नदी संगम भएको स्थलमा कोशी स्नान मेलालाई प्राथमिकता दिदै विभिन्न नृत्य एवं हाट बाजारको ब्इवस्थापन गरी ३ दिने मेलाको आयोजना गरिएको छ ।

https://youtu.be/uIhO4sfyoz0

कोशी स्नानको महत्व बारे हिन्दू शास्त्र बृहद विष्णु पूराण(मिथिला महातम्य) मा बढी उल्लेख भएको पाईन्छ । शास्त्रानुसार कोशी नदीको बैदिक नाम ‘कौशिकी’ हो । कोशिकी महान तपस्वी गाँधीराजकी पुत्री(छोरी) एवं ऋचिक मूर्तिको अर्धाग्नी (पंत्नि) थिईन । केही कारणले क्रोधबश आफ्नै पतिका श्रापका कारण नदीको रुपमा परिणत भएको हो । यद्यपि यस कोशी नदीमा स्नान गरिने मनुष्यले अपेक्षाकृत पूण्यको हकदार तथा मोक्षको प्राप्ति हुने बरदान पाएकोले प्राचिन कालदेखि नै मानिसहरुले पौष पूर्णिमाका दिन कोशी स्नान गर्ने परम्परा रहदै आएकोले कोशीको विभिन्न स्थानहरुमा मेला लाग्ने गर्दछ ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार