emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

आरक्षण मधेश जनविद्रोहको उपलब्धी, जोगाउन जसपालाई मजबुत बनाउनुपर्छ: उपेन्द्र यादव

source e-Madhesh २०८२ माघ २७ गते , मंगलबार
0
Shares
34
Views
आरक्षण मधेश जनविद्रोहको उपलब्धी, जोगाउन जसपालाई मजबुत बनाउनुपर्छ: उपेन्द्र यादव

उमेश कुमार यादव,
राजविराज, २७ माघ ।
 जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशी लगायत उपेक्षित र उत्पीडित समुदायका लागि सुनिश्चित गरिएको आरक्षण मधेश जनविद्रोहको महत्वपूर्ण उपलब्धी भएको बताएका छन्। प्राप्त अधिकारको रक्षा गर्न आम जनता सचेत र गम्भीर बन्नुपर्ने उनले जोड दिएका छन्।
सप्तरीको डाक्नेश्वरी गाउँपालिका–६ फत्तेपुरमा सोमबार आयोजित चुनावी छलफल तथा भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष यादवले लोकसेवा, शिक्षक सेवा आयोग, सुरक्षा निकायलगायत राज्यका विभिन्न अंगमा आरक्षण सुनिश्चित हुनु संघर्ष र बलिदानको परिणाम भएको उल्लेख गरे। “संघर्षबाट प्राप्त उपलब्धी खेर जान दिनुहुँदैन, बाँकी अधिकार प्राप्तिका लागि आगामी निर्वाचनमा जसपा नेपाललाई मजबुत शक्ति बनाउन आवश्यक छ,” उनले भने।
सप्तरी क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहेका यादवले आरक्षणकै कारण राज्यका निकायमा मधेशी, दलित, आदिवासी जनजाति, थारु, मुस्लिम र अन्य बहिष्कृत समुदायको प्रतिनिधित्व बढेको बताए। मधेशबाट ठूलो मात्रामा राजस्व संकलन भए पनि लगानी न्यून रहेको उल्लेख गर्दै उनले विकासमा विभेद भएको आरोप लगाए।
कार्यक्रममा पूर्वमन्त्री रेणु कुमारी यादव, शैलेन्द्र प्रसाद साह, उपमा देव, चन्देश्वर सदा, चुल्हाइ मण्डललगायत नेताहरूले सम्बोधन गरेका थिए। त्यसैदिन कटैया, बिसनपुर, औरही र जमुवामा समेत चुनावी कार्यक्रम आयोजना गरिएको थियो।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव