emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

संयुक्त सामान ढुवानी व्यवसायी संघको आठौँ साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा धर्मराज पोखरेल निर्वाचित

source e-Madhesh २०८२ माघ २७ गते , मंगलबार
0
Shares
36
Views
संयुक्त सामान ढुवानी व्यवसायी संघको आठौँ साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा धर्मराज पोखरेल निर्वाचित

संयुक्त सामान ढुवानी व्यवसायी संघको आठौँ साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा धर्मराज पोखरेल निर्वाचित
मधेश न्यूज सम्वाददाता,
काठमाडौं, २७ माघ ।
 संयुक्त सामान ढुवानी व्यवसायी संघको आठौँ साधारणसभा तथा तेस्रो अधिवेशन काठमाडौँस्थित होटल हेभन रिसोर्टमा सम्पन्न भएको छ। अधिवेशनबाट धर्मराज पोखरेल संघको अध्यक्षमा निर्वाचित भएका छन्।
निर्वाचन परिणामअनुसार उपाध्यक्षमा जयप्रसाद भट्टराई, सचिवमा कुमार श्रेष्ठ, सह–सचिवमा नवराज भुजेल र कोषाध्यक्षमा प्रकाशसिंह धामी निर्वाचित भएका छन्। कार्यसमिति सदस्यमा सुजन सिलवाल, राजकुमार बि.सी., निरज श्रेष्ठ र कान्तिकुमारी खड्का चयन भएका छन्।
साधारणसभालाई सम्बोधन गर्दै ढुवानी व्यवसायी महासंघ–नेपालका अध्यक्ष माधवप्रसाद नेपालले राज्यले ढुवानी व्यवसायप्रति हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्ने बताएका छन्। उनले राजस्व अनुसन्धानका नाममा व्यवसायीलाई अनावश्यक दुःख दिने गरिएको उल्लेख गर्दै बजेटमार्फत व्यवसायीमैत्री कर प्रणाली लागू गर्नुपर्नेमा जोड दिए। काठमाडौँमा व्यवस्थित ‘ट्रान्सपोर्ट नगर’को आवश्यकता औंल्याउँदै उनले सरकार र महासंघबीच समन्वय अपरिहार्य रहेको बताए।
अधिवेशनले नयाँ नेतृत्व चयनसँगै संगठन सुदृढीकरण, व्यवसायिक हक–हित संरक्षण र ढुवानी क्षेत्रलाई मर्यादित तथा व्यवस्थित बनाउने कार्यदिशा तय गरेको जनाएको छ। कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष अच्युतराज खनाल, उपाध्यक्ष अरुणकुमार श्रेष्ठ, महासचिव पुष्पराज श्रेष्ठलगायतको उपस्थिति रहेको थियो।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव