emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

मधेसमा बालेनको चुनावी दौड सुरु, विभिन्न जिल्लामा भेटघाट तथा सभा

source e-Madhesh २०८२ माघ २७ गते , मंगलबार
0
Shares
32
Views
मधेसमा बालेनको चुनावी दौड सुरु, विभिन्न जिल्लामा भेटघाट तथा सभा

लिलाकान्त यादव,
राजविराज, २७ माघ ।
 राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा झापा–५ का प्रतिनिधिसभा उम्मेदवार बालेन्द्र शाह (बालेन)ले मधेस प्रदेशमा चुनावी अभियान सुरु गरेका छन्। उनले सोमबार बिहान सप्तरीको सप्तकोसी नगरपालिकाबाट मधेस केन्द्रित कार्यक्रमको थालनी गरेका हुन्।
झापाबाट कार्यक्रम सकेर मधेस प्रवेश गरेका शाहले पहिलो चरणमा सप्तरीका कञ्चनपुर, भारदह, हनुमाननगर, राजविराज, डाक्नेश्वरी, बोदेबसाइन, भगवानपुर, नवराजपुर, बरियारपट्टी र औरहीमा आयोजना गरिएका कार्यक्रमहरूमा सहभागी हुने तालिका रहेको जनाइएको छ।
त्यसैगरी, सिराहाको जिरोमाइल, गोलबजार, चोहर्वा, मिर्चैया, कल्याणपुर र सिराहा सदरमुकाममा मतदाता भेटघाट गर्ने कार्यक्रम छ। धनुषाको यदुकुवा, धनुषाधाम, नगराइन तथा महोत्तरीको जलेश्वर, एकडारा, बलबा, सरपल्लो र बर्दिबासमा समेत उनले चुनावी सभालाई सम्बोधन गर्ने र स्थानीयसँग अन्तरक्रिया गर्ने जनाइएको छ।
रास्वपाले मधेसमा संगठन सुदृढीकरण र मतदातासँग प्रत्यक्ष संवादलाई अभियानको प्राथमिकता बनाएको जनाएको छ। स्थानीय तहमा घरदैलो, कोणसभा र अन्तरक्रियात्मक कार्यक्रममार्फत मत माग्ने रणनीति अवलम्बन गरिएको पार्टी स्रोतले जानकारी दिएको छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव