emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

मधेसी पुत्रकाे शुभ मुहर्त कानुन मन्त्रीले गरे

source e-Madhesh २०८१ माघ २२ गते , मंगलबार
0
Shares
87
Views
मधेसी पुत्रकाे शुभ मुहर्त कानुन मन्त्रीले गरे

 शुभ नारायण यादव सप्तरी ,१५ माघ ।

मधेशि पुत्र रिटर्नकाे आज आन्तरिक मामिला तथा कानुन राज्य मन्त्री सरोज सिंह कुशवहाद्वारा सुभ मुहुर्त गरिएको छ।सप्तरीका युवा नायक निराजन मेहताकाे अथक प्रयास पछि आज मन्त्री कुश्वाहाले साे फिल्मकाे शुभ मुहर्त सप्तरीको ऐतिहासिक कङकालिनि मन्दिर भारदहमा गरिएको हाे । उक्त फिल्ममा कलाकरहरु निराजन मेह्ता,धुर्ब कोइराला,अनिल महतो ,रन्जिता,सोनम तिवरी ,अमित सुक्ला, मनोहर महतो ,सन्जय राउतको अहम भुमिका रहने छन । नेपालको प्रसिद्ध एन बि महर्जनले एक्सन दिने  छन। यस्तै क्यामरामा रबि कोइराला ,चुनु शर्मा हुने  छन। भने म्युजिक दिपेन्द्र कुमार,अमन झा,महानन्द बिकको हुने     छ।गित भने निरजन मेहता र राज चौधरीले लेखेको छ ।

  यो फिल्म अनुरागी फिल्म कम्पनी बाट निर्माण हुने फिल्मका नायक समेत रहेका निराजन मेहताले जानकारि दिनुभएको छ ।यसै गरि साे फिल्मका  लेखन / निर्देशन ,निरजन मेहता मन्जितले गर्ने छन। मधेश र मधेशि जनताकाे हकअधिकार लगायतमा आधारित मैथिलि एक्सन फिल्मकाे छायांकन सप्तरी सहित  सुनसरि ,माेरङ ,उदयपुर ,काठमाडौं ,पाेखरा ,सिरहा ,जनकपुर लगायतका स्थानमा हुने  छन ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार