emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

सम्माननीय उपराष्ट्रपति यादवसँग जापानी राजदूतको शिष्टाचार भेट

source e-Madhesh २०८२ माघ २६ गते , सोमबार
0
Shares
168
Views
सम्माननीय उपराष्ट्रपति यादवसँग जापानी राजदूतको शिष्टाचार भेट

लिलाकान्त यादव,
काठमाडौं, २६ माघ ।
 सम्माननीय उपराष्ट्रपति रामसहाय प्रसाद यादवज्यूसँग नेपालका लागि जापानका महामहिम राजदूत मायदा तोरुले लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा सोमबार शिष्टाचार भेट गर्नुभएको छ।
भेटमा शुभकामना आदानप्रदानसहित नेपाल–जापानबीचको द्विपक्षीय सम्बन्ध, आर्थिक सहयोग, संस्कृति, पर्यटन तथा जनस्तरको सम्बन्धलगायत विविध विषयमा छलफल भएको थियो। उपराष्ट्रपति यादवले सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै दुई देशबीच सहयोग, निकटता र गहिरो मित्रता कायम रहेको उल्लेख गर्नुभयो। उहाँले यस वर्ष मनाइँदै गरेको नेपाल–जापान कूटनीतिक सम्बन्धको ७० औँ वार्षिकोत्सवलाई महत्वपूर्ण कोशेढुङ्गा बताउनुभयो।
नेपालका लागि जापान महत्वपूर्ण र विश्वासिलो विकास साझेदार रहेको उल्लेख गर्दै उहाँले मानव संसाधन विकास, स्वास्थ्य, कृषि, पूर्वाधार, वातावरण संरक्षण तथा संस्कृति क्षेत्रमा जापानको योगदान सराहनीय रहेको बताउनुभयो। साथै, औद्योगिक विकास, जलविद्युत र लगानी विस्तारमा सहकार्यको सम्भावना औंल्याउनुभयो।
उपराष्ट्रपति यादवले जापानमा बसोबास गर्ने नेपाली समुदायले द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन योगदान पु¥याएको उल्लेख गर्नुभयो। सो अवसरमा राजदूत तोरुले नेपालको विकासमा जापानको निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव