emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

२२ जिल्लाको मधेश निर्माणका लागि संघर्ष जारी छ : उपेन्द्र यादव

source e-Madhesh २०८२ माघ २५ गते , आइतबार
0
Shares
43
Views
२२ जिल्लाको मधेश निर्माणका लागि संघर्ष जारी छ : उपेन्द्र यादव

राजगढ (सप्तरी), २५ माघ — जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पहिचानको आधारमा देशमै आठ जिल्लाको मधेश प्रदेश स्थापना भएको उल्लेख गर्दै २२ जिल्लाको मधेश निर्माणका लागि संघर्ष जारी रहने बताएका छन्। सप्तरीको राजगढ गाउँपालिका–४ बेल्ही चपेनामा आइतबार आयोजित चुनावी छलफल तथा भेटघाट कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका यादवले मधेशलाई थप सशक्त बनाउन जसपा नेपाललाई बलियो शक्ति बनाउनु आवश्यक रहेको बताए। उनले सिमान्तकृत, बहिष्कृत तथा उत्पीडित समुदायको अधिकार, पहिचान र समानताका लागि मधेश जनविद्रोह भएको उल्लेख गर्दै प्राप्त उपलब्धिको रक्षा गर्दै बाँकी अधिकारका लागि संघर्ष गर्नुपर्ने धारणा राखे। राज्यका अंगहरूमा महिलाको ३३ प्रतिशत सहभागिता सुनिश्चित हुनु जनआन्दोलनकै उपलब्धि भएको उनको भनाइ थियो। यादवले संघीयता विरोधी शक्तिहरूले मधेशी, दलित, जनजाति, थारुलगायत समुदायले पाएको अवसर र प्रतिनिधित्व खोस्ने प्रयास गरिरहेको आरोप लगाए। प्रदेशलाई अधिकार नदिई काम गर्न नसक्ने बनाइएको र खर्चिलो भन्दै भ्रम सिर्जना गरिएको दाबी गर्दै उनले त्यस्ता प्रचारप्रति सचेत रहन आग्रह गरे। कार्यक्रममा पूर्वमन्त्री रेणु कुमारी यादव, शैलेन्द्र प्रसाद साह, पूर्व उपसभामुख उपमा देवसहितका नेताहरूले पनि सम्बोधन गरेका थिए। आइतबारै अध्यक्ष यादवसहितका नेताहरूले राजगढका विभिन्न वडामा भेटघाट कार्यक्रम सञ्चालन गरेका छन्।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव