emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

सयौँ नेता–कार्यकर्ता जनमत पार्टीमा प्रवेश

source e-Madhesh २०८२ माघ २५ गते , आइतबार
0
Shares
19
Views
सयौँ नेता–कार्यकर्ता जनमत पार्टीमा प्रवेश


ईमधेश न्युज सम्वाददाता,
राजविराज २५ माघ ।
 समाजसेवी तथा अग्रज नेता सूर्यनारायण यादव, इन्जिनियर सुधीर कुमार मण्डल, सत्येन्द्र नारायण यादव र इन्जिनियर संजीव नारायण यादवसहित सयौँ अग्रज तथा युवाहरू जनमत पार्टीमा प्रवेश गरेका छन्।
राजविराजमा आयोजित कार्यक्रममा नवप्रवेशीहरूलाई जनमत पार्टीका संगठन विभाग प्रमुख तथा सप्तरी क्षेत्र नम्बर १ का उम्मेदवार डा. जयकान्त राउत, मधेश प्रदेशका अर्थमन्त्री महेश प्रसाद यादव तथा सप्तरी क्षेत्र नम्बर ३ का उम्मेदवार सुरेन्द्र मधेशीलगायत नेताहरूले स्वागत गरेका हुन्।
कार्यक्रममा नेताहरूले मधेश निर्माण, पहिचान स्थापना र अधिकार सुनिश्चितताका लागि सबै एकताबद्ध हुनुपर्नेमा जोड दिएका थिए। जनताको विश्वासलाई व्यवहारमा रूपान्तरण गर्दै समुन्नत, न्यायपूर्ण र आत्मसम्मानयुक्त समाज निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो।
नवप्रवेशीहरूलाई पार्टीले हार्दिक स्वागत गर्दै आगामी राजनीतिक यात्राका लागि शुभकामना व्यक्त गरेको छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार