emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

रुपनीमा जसपाले गापा र वडास्तरीय समितिहरू गठन

source e-Madhesh २०८२ माघ २५ गते , आइतबार
0
Shares
24
Views
रुपनीमा जसपाले गापा र वडास्तरीय समितिहरू गठन


शम्भु यादव,
राजविराज, २५ माघ ।
 रुपनी गाउँपालिकामा जसपाका विभिन्न वडामा वडास्तरीय प्रचार–प्रसार समितिहरू गठन तथा पुनर्गठन गरिएको छ। आयोजित बैठकले सर्वसम्मत रूपमा विभिन्न व्यक्तिलाई अध्यक्ष तथा सदस्य पदमा चयन गर्दै जिम्मेवारी तोकेको हो।
बैठकको निर्णयअनुसार गाउँपालिका स्तरीय प्रचार–प्रसार समिति गठनका साथै वडा तहमा पनि प्रचार–प्रसार समितिहरू सक्रिय बनाइने भएको छ। साथै, गाउँपालिका स्तरीय महिला समिति गठन गर्ने निर्णयसमेत गरिएको छ। रामनन्द ठाकुरको संयोजकत्वमा १८ सदस्यीय गाउँपालिका स्तरीय प्रचार–प्रसार समिति गठन गरिएको जनाइएको छ।
संगठन विस्तार, जनसम्पर्क सुदृढीकरण तथा आगामी कार्यक्रमहरू प्रभावकारी रूपमा सञ्चालन गर्ने उद्देश्यले नयाँ नेतृत्व चयन गरिएको बताइएको छ। सहभागीहरूले संगठनलाई थप गतिशील बनाउन आपसी सहकार्य, एकता र सक्रियतामा जोड दिएका थिए।
कार्यक्रमको अन्त्यमा नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरिएको थियो।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार