emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय प्रतिनिधिसभा निर्वाचनमा सक्रिय

source e-Madhesh २०८२ माघ २५ गते , आइतबार
0
Shares
23
Views
लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय प्रतिनिधिसभा निर्वाचनमा सक्रिय

 

ईमधेश नयूज सम्वाददाता,
काठमाडौं, २५ माघ ।
 समावेशिता, समानता र लोकतन्त्रको सुदृढीकरणका लागि दशकौँदेखि संघर्षरत लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय प्रतिनिधिसभा निर्वाचनमा सक्रिय रूपमा सहभागी भएका छन्। फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै समावेशी समाजवादी पार्टीले प्रत्यक्षतर्फ ६ जना र समानुपातिकतर्फ १५ जना उम्मेदवार सार्वजनिक गरेको छ।
पार्टीले देशभरका १६५ निर्वाचन क्षेत्रमध्ये ६ क्षेत्रमा समुदायका उम्मेदवार उठेकाले ती क्षेत्रमा सर्वसम्मत निर्वाचित गराइदिन अपिलसमेत गरेको जनाएको छ।
प्रत्यक्षतर्फ काठमाडौँ–१ बाट दक्षिण एसियामै पहिलो समलिङ्गी विवाह दर्ता गराउन सफल सुरेन्द्र पाण्डे, काठमाडौँ–१० बाट लोकदोहोरी गायक पूर्णचन्द्र पौडेल, मोरङ–४ बाट नुमा लिम्बु (चञ्चला), रुपन्देही–२ बाट देवेन्द्रबहादुर खत्री (मधु), ओखलढुङ्गाबाट पिंकी राई र काभ्रेपलाञ्चोक–१ बाट विनोद लामा (कोनिका) उम्मेदवार रहेका छन्।
उम्मेदवारहरूले संसदमा पुगेर मात्र सीमान्तकृत समुदायका मुद्दाहरूलाई संस्थागत गर्न सकिने बताएका छन्। पहिलो संविधान सभामा सुनिल बाबु पन्तको प्रतिनिधित्वले संविधानमा अधिकार सुनिश्चित गराएको स्मरण गर्दै उनीहरूले अब ती अधिकारको प्रभावकारी कार्यान्वयनका लागि पुनः प्रतिनिधित्व आवश्यक रहेको उल्लेख गरेका छन्।
मानवअधिकार, समान अवसर, सामाजिक न्याय र समावेशी नीतिनिर्माणलाई मुख्य एजेन्डा बनाएका उनीहरूले लोकतन्त्रलाई अझ समावेशी र उत्तरदायी बनाउन सबै समुदायको समान सहभागिता अपरिहार्य रहेको बताएका छन्।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार