emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

सप्तरी विस्फोटः सैन्य अभ्यासमा हराएको बम नै विस्फोट भएको प्रारम्भिक पुष्टि

source e-Madhesh २०८२ माघ २४ गते , शनिबार
0
Shares
22
Views
सप्तरी विस्फोटः सैन्य अभ्यासमा हराएको बम नै विस्फोट भएको प्रारम्भिक पुष्टि


ईमधेश नयूज सम्वाददाता,
राजविराज, २४ माघ ।
सप्तरीको रुपनी गाउँपालिका–६ दुधौली खोला क्षेत्रमा शनिबार भएको विस्फोट नेपाली सेनाको फायरिङ अभ्यासका क्रममा हराएको बमकै कारण भएको प्रारम्भिक पुष्टि भएको छ। प्रहरी निरीक्षक प्रमोद साहको नेतृत्वमा खटिएको टोलीले घटनास्थलको अनुसन्धानपछि यस्तो निष्कर्ष निकालेको हो।
उच्च स्रोतका अनुसार करिब एक महिना अघि सो क्षेत्रमा नेपाली सेनाले फायरिङ अभ्यास गरेको थियो। अभ्यासपछि एक बम हराएको आशंकामा सेनाको १५ सदस्यीय टोली घटनास्थल वरपर बसेर खोजीकार्यमा जुटेको थियो। तर बम फेला नपरेकै अवस्थामा शनिबार विस्फोट भएको जनाइएको छ।
विस्फोटपछि श्री बरख गणबाट सहायक सेनानीको कमाण्डमा बम स्क्वाड टोली खटाइएको छ। विस्फोटको प्रकृति, अवशेष र स्रोत पहिचान गर्न सुरक्षाका मापदण्ड अपनाएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
घटनामा चार जना बालक घाइते भएका छन्। उनीहरू खतरामुक्त रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ। घटनापछि सैन्य अभ्यास क्षेत्रको सुरक्षा व्यवस्थाबारे गम्भीर चासो व्यक्त गरिएको छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार