emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

बास नेपालको आयोजनामा असल शासन क्लबका पूर्व अध्यक्षहरूको भेला सम्पन्न

source e-Madhesh २०८२ माघ २४ गते , शनिबार
0
Shares
32
Views
बास नेपालको आयोजनामा असल शासन क्लबका पूर्व अध्यक्षहरूको भेला सम्पन्न

ईमधेश न्यूज सम्वाददाता,
नेपालगञ्ज, २३ माघ । 
बास नेपालको आयोजनामा असल शासन क्लबका पूर्व अध्यक्षहरूको भेला सम्पन्न भएको छ। बाँकेस्थित बास नेपालको केन्द्रीय कार्यालयमा आयोजित भेलामा जिल्लाभर सक्रिय रहिसकेका विभिन्न असल शासन क्लबका पूर्व अध्यक्षहरूको सहभागिता रहेको थियो।
असल शासन क्लब जिल्ला समन्वय समिति बाँकेका संस्थापक अध्यक्ष तथा बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले सञ्चालन गरेको कार्यक्रममा सहभागीहरूले विगतका अनुभव साझा गरेका थिए। प्रो पब्लिकको असल शासन कार्यक्रम अन्तर्गत २०५६ देखि २०६५ सालसम्म बाँकेका साविकका गाविस र नगरपालिकामा ६२ वटा असल शासन क्लब क्रियाशील रहेका थिए। हाल बास नेपाल बाहेक अधिकांश क्लब निष्क्रिय अवस्थामा छन्।
कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक शाहले २५ वर्षअघि उठाइएको सुशासनको एजेण्डा आज पनि उत्तिकै सान्दर्भिक रहेको बताए। वक्ताहरूले क्लबमार्फत भ्रष्टाचारविरुद्ध अभियान, सार्वजनिक सुनुवाइको अभ्यास र क्षमता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुगेको स्मरण गरे।
२० भन्दा बढी सुशासन अभियन्ताको उपस्थिति रहेको कार्यक्रमको समापन बास नेपालका केन्द्रीय अध्यक्ष शिवकुमार बर्माले गरेका थिए।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव