emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

जनताको मन जित्न काम गर्नुपर्छ,नौटंकी होइन-सम्पादकीय

source e-Madhesh २०८१ माघ २१ गते , सोमबार
0
Shares
90
Views
जनताको मन जित्न काम गर्नुपर्छ,नौटंकी होइन-सम्पादकीय

मधेसका जनता अझै पनि राजनीतिक रुपमा असचेत होला भन्न गाह्रो छ। तर नेताहरूको बहुरूपिया अनुहार नीति तथा झुठो भाषणको सम्मोहनमा परेर केही जनताहरू आफ्नो तथा भावी सन्तानहरूको भविष्य अन्धकारमा धकिलिँदैछन्। यी नेताहरूले सोझा जनताहरूलाई उज्ज्वल भविष्यका सपनाहरू देखाएर उनकै मत लिएर सत्तामा सहभागी भई आफ्ना भाइभारदार एवं परिवारलाई भरन पोसन कार्यमा व्यस्त देखिन्छन्। यसै प्रकारको एउटा राजनीतिक दल मधेसी जनताको कमजोरीलाई नापेर मधेश भरि चर्चामा छ, त्यो हो डा. सीके राउत नेतृत्वको जनमत पार्टी। जनमत पार्टीले यतिबेला 'पर्याप्त मलखाद किन वा किन्न देउ, किन्न देउ! कालोबजारी- बन्द गर, बन्द गर ! कालाबजारी गर्ने डिलरलाई- कारबाही गर ,कारबाही गर! मलखाद वितरणमा विभेद - अन्त गर ,अन्त गर! किसानको माग - सम्बोधन गर ,सम्बोधन गर! जनमत पार्टी - जिन्दाबाद, जिन्दाबाद!' आदि नाराका साथ कृषि औजारहरु बोकेर प्रदर्शन गर्दै मिथ्या आन्दोलनमा उत्रेका छन्।
वास्तवमा जनमत पार्टीका यो तथाकथित आन्दोलन एक देखावा मात्र हुन सक्छ। किनभने मलखाद को बढी कालोबजारी जनमत पार्टीका मेयर भएका नगर तथा गाउँ पालिकाहरूमै भइरहेको देखिन्छ र रह्यो कारबाहीको सवाल त कारबाही कसले गर्ने हो ? मधेस प्रदेश का सरकारमा मुख्यमन्त्रीको रुपमा जनमत पार्टीका सतिश सिंह हो, किन कारबाही नगरिएको होला?

व्यवस्था बदलियो तर यी नेताहरूको लोभी आचरण बदलिएन । मधेसको विकास र मधेसी जनताहरूको अधिकार प्राप्तिको लडाई लड्नुभन्दा पनि देश दोहन र सत्ता प्राप्तिमा लिन रहेका छन्। जनमत पार्टीले २०७९ चुनावमा प्रत्यक्ष तथा समानुपातिक गरी जम्मा ६ वटा सांसद सिट प्राप्त गरे। सरकार बदलिरहंदा पनि हरेक पल्ट सरकारमा सहभागी हुँदै गए। दाजु जयकान्त राउतलाई राष्ट्रिय योजना आयोगको सदस्य बनाए, भाइ बुहारीलाई सांसद बनाए ,तर आफ्नो धर्मपत्नी सोनी सिन्धु रानीलाई घरेलु हिंसा र शारीरिक यातना दिँदै पाखा लगाउन ललितपुरको जिल्ला अदालतमा भदौ १२ गते सम्बन्ध विच्छेदको मुद्दा समेत दायर गरेका यथार्थ मधेसी जनताले देखिरहेका छन्। जनतालाई धोका दिँदै र अनेक विवादमा मुछिएका सीके राउतको व्यक्तिगत महत्वाकांक्षा स्वार्थको कारण मंसिर १६ गते सम्पन्न उपनिर्वाचनमा एउटै सिट त के ल्याउनु निकटतम प्रतिस्पर्धी पनि बन्न सकेनन्। 

२०७९ को चुनावपछि निरन्तर सरकारमा सहभागी रहिआएका जनमत पार्टीका सांसदहरूले स्थानीय चुनावको लगत्तै डा.सीके राउतले सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका तथा बलान बिहुल गाउँपालिकामा १/१ वटा कारखाना स्थापना गर्ने गरिएको घोषणा किन पूरा गर्न नसकेको ? जनताले देखिरहेका छन्।
मधेसका नेताज्यूहरूले सोचमा परिवर्तन ल्याउनुपर्छ। मधेसी जनतालाई मिठोमिठो सपना देखाउने जनमत पार्टीका शीर्ष नेताहरुले यतिबेला मलखाद उपलब्धता सम्बन्धी आन्दोलनका देखावा गर्नुभन्दा पनि जनतासँग गरिएको वाचा पूरा गर्ने तर्फ लाग्नुपर्छ, मधेसको विकास गर्नुपर्छ, मधेसमा शान्ति सुव्यवस्था कायम  गर्नुपर्छ।
 
 

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव