emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

डाक्नेश्वरीमा उपेन्द्र यादवको चुनावी दौड तीव्र, जनताले विकास अभावको गुनासो गरे

source e-Madhesh २०८२ माघ २३ गते , शुक्रबार
0
Shares
39
Views
डाक्नेश्वरीमा उपेन्द्र यादवको चुनावी दौड तीव्र, जनताले विकास अभावको गुनासो गरे

उमेश कुमार यादव,
राजविराज, २३ माघ ।
 सप्तरी क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले बिहीबार डाक्नेश्वरी नगरपालिकाका विभिन्न गाउँमा चुनावी छलफल तथा भेंटघाटलाई तीव्रता दिएका छन् ।
लक्ष्मीपुर, पातो, बलाटी र बनौलाका स्थानीयसँगको भेटघाटमा अधिकांश मतदाताले विगतमा निर्वाचित जनप्रतिनिधिले अपेक्षाअनुसार विकास नगरेको गुनासो गरेका छन् । सहज सडक पहुँचको अभाव, सिँचाइ समस्या, गुणस्तरीय शिक्षा र सुविधासम्पन्न अस्पताल नहुनु, पुल अभावमा वर्षायाममा आवतजावतमा कठिनाइ, समयमा मलखाद नपाइनु, महिला तथा युवाको अवसर अभाव, बेरोजगारी र नदी नियन्त्रणजस्ता विषय स्थानीयले उठाएका थिए ।
उम्मेदवार यादवले जनताको गुनासोलाई स्वाभाविक ठहर गर्दै क्षेत्र अपेक्षाकृत पछाडि परेको स्वीकार गरे । उनले बाटोघाटो, स्वास्थ्य, गरिबी, बेरोजगारी र समग्र विकासलाई प्रमुख प्राथमिकता दिने बताए । “बोल्नुभन्दा परिणाममा विश्वास गर्छु, परिवर्तन जनताले अनुभूति गर्नेछन्,” उनले प्रतिबद्धता जनाए ।
कार्यक्रममा पार्टीका केन्द्रीय तथा जिल्ला तहका नेताहरूको सहभागिता रहेको थियो ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव