emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

सर्वोच्चको आदेश कार्यान्वयन माग्दै माघ २४ मा विगेसोको राजधानीमा प्रदर्शन

source e-Madhesh २०८२ माघ २२ गते , बिहीबार
0
Shares
44
Views
सर्वोच्चको आदेश कार्यान्वयन माग्दै माघ २४ मा विगेसोको राजधानीमा प्रदर्शन

ईमधेश नयूज सम्वाददाता,
काठमाडौँ, २२ माघ ।
 ब्रिटिश गोर्खा भूतपूर्व सैनिक संगठन (विगेसो) ले सर्वोच्च अदालतको निर्देशनात्मक आदेश तीन वर्ष बितिसक्दा पनि कार्यान्वयन नभएको भन्दै नेपाल सरकारविरुद्ध संघर्षका कार्यक्रम घोषणा गरेको छ । संगठनले माघ २४ गते काठमाडौंमा प्रदर्शन गर्ने जनाएको हो ।
बिहीबार राजधानीको संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमा विगेसोले २०७९ माघ २४ गते सर्वोच्च अदालतले जारी गरेको आदेशलाई सरकारले बेवास्ता गरेको आरोप लगाएको छ । विगेसोका प्रमुख सल्लाहकार परि थापाले बेलायत सरकारले ब्रिटिश गोर्खा सैनिकलाई भाडाका सैनिकका रूपमा प्रयोग गरिरहँदा नेपाल सरकार मौन बस्नु दुःखद भएको बताए । “सर्वोच्च अदालतको निर्देशनात्मक आदेश हुँदाहुँदै पनि तीन वर्षसम्म कार्यान्वयन नहुनु राज्यको गम्भीर लापरवाही हो,” उनले भने ।
विगेसोका अध्यक्ष पदमसुन्दर लिम्बुले सर्वोच्च अदालतले नेपालीलाई भाडाका सैनिक बनाउने कार्य रोक्न दिएको सकारात्मक फैसलालाई सरकारले कार्यान्वयन नगरेकाले आन्दोलनमा जान बाध्य भएको बताए । उनका अनुसार माघ २४ गते बिहान ११ बजे माइतीघर मण्डलामा भेला भई नयाँ बानेश्वरसम्म प्रदर्शन गर्दै पुनः माइतीघरमै फर्किएर कोणसभा गर्ने कार्यक्रम तय गरिएको छ ।
लिम्बुले सन् १९४७ को असमान र राष्ट्रघाती सन्धिको खारेजी, साथै बेलायत, भारत, सिंगापुर र ब्रुनाईमा गोर्खा भर्तीका नाममा भइरहेको विभेदप्रति राज्य उदासिन रहेको आरोप लगाए । उनले गोर्खा सैनिकमाथि भइरहेको अन्याय राष्ट्रिय स्वाधीनतासँग जोडिएको विषय भएको उल्लेख गर्दै सरकार गम्भीर हुनुपर्ने बताए ।
विगेसोले गोर्खा भूतपूर्व सैनिकको न्याय सुनिश्चित गर्न मात्र नभई राष्ट्रिय सम्मान र स्वाधीनताको रक्षाका लागि संघर्ष जारी रहने स्पष्ट पारेको छ ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव