emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

विराटनगरमा निर्वाचन र बाल संरक्षणबारे छलफल

source e-Madhesh २०८२ माघ २१ गते , बुधबार
0
Shares
349
Views
विराटनगरमा निर्वाचन र बाल संरक्षणबारे छलफल

ईमधेश नयूज सम्वाददाता,
विराटनगर, २१ माघ ।
 बालबालिका शान्ति क्षेत्र अभियान (सिजप) को आयोजनामा तथा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लगायत संस्थाको सहकार्यमा विराटनगरमा “प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ मा बाल संरक्षण र सरोकार” विषयक छलफल कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै सिजपका अध्यक्ष तिलोत्तम पौडेलले निर्वाचनका क्रममा बालबालिकाको दलगत प्रयोग तुरुन्त बन्द गर्नुपर्नेमा जोड दिए। उनले बालबालिका तथा विद्यालयलाई शान्ति क्षेत्रका रूपमा विकास गर्न आग्रह गर्दै बालबालिकासम्बन्धी ऐन र विद्यालय शान्ति क्षेत्रसम्बन्धी निर्देशिकाविपरीत हुने गतिविधिले बालबालिकाको मानसिक अवस्था र शैक्षिक वातावरणमा नकारात्मक असर पर्ने बताए।
इन्सेक कोशी प्रदेश संयोजक मनोहर पोखरेलले निर्वाचनका बेला बालबालिकाको प्रयोग तथा आचारसंहिता उल्लंघनका घटनाहरू इन्सेकले अभिलेखीकरण गरिरहेको जानकारी दिए। उनले निर्वाचनलाई बालमैत्री, स्वच्छ र शान्तिपूर्ण बनाउन सबै पक्षको साझा पहल आवश्यक रहेको बताए।
बाल क्लब विराटनगरका अध्यक्ष अमित मण्डलले बालबालिकालाई निर्वाचन गतिविधिबाट टाढा राख्न सबैमा आग्रह गरे। कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले बाल अधिकार संरक्षणमा प्रतिबद्धता जनाउँदै निर्वाचन आचारसंहिता कडाइका साथ पालना गर्ने बताएका थिए।
कार्यक्रममा मानव अधिकारकर्मी, नागरिक समाजका प्रतिनिधि र सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव