emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

जनसङ्ख्याका आधारमा निर्वाचन क्षेत्र र बजेट नहुनु मधेशीमाथि बेइमानीः उपेन्द्र यादव

source e-Madhesh २०८२ माघ २१ गते , बुधबार
0
Shares
139
Views
जनसङ्ख्याका आधारमा निर्वाचन क्षेत्र र बजेट नहुनु मधेशीमाथि बेइमानीः उपेन्द्र यादव

ईमधेश नयूज सम्वाददाता,
राजविराज, २१ माघ ।
 जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले जनसङ्ख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण र विकासीय बजेट विनियोजन नहुनु मधेशी जनताप्रतिको गम्भीर बेइमानी भएको बताएका छन् ।
सप्तरीको रुपनी गाउँपालिका–२ पिपराहीमा बुधबार आयोजित चुनावी छलफल तथा भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष यादवले बाँकी अधिकार प्राप्तिका लागि अझै संघर्ष आवश्यक रहेको बताए । सप्तरी क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका उनले पहाडी जिल्लामा आठ–दश हजार जनसङ्ख्यामा एक जना प्रतिनिधि हुने तर मधेशमा डेढ लाख जनसङ्ख्यामा पनि एकै जना प्रतिनिधि हुने अवस्था कायम रहनु असमानता भएको उल्लेख गरे । मधेशको जनसङ्ख्या करिब ६० प्रतिशत भए पनि विकासीय बजेट ११ प्रतिशत मात्र र राजश्व ७० प्रतिशत योगदान मधेशबाट हुने तथ्य प्रस्तुत गर्दै उनले यसलाई मधेशी जनताप्रतिको अन्याय भने ।
मधेश जनविद्रोहका कारण महिला, दलित, थारु, आदिवासी, जनजाति, मुस्लिमलगायत समुदायको प्रतिनिधित्व सुनिश्चित भएको स्मरण गराउँदै उनले नागरिकताविहीन लाखौँ नागरिकले नागरिकता पाएको बताए । संघीयता अधिकार नदिई कमजोर बनाइएको आरोप लगाउँदै अध्यक्ष यादवले संविधान संशोधन तथा पुनर्लेखनमार्फत अधिकार सुनिश्चित गर्न जसपा नेपाललाई प्रतिनिधिसभामा मजबुत बनाउनु पर्ने आवश्यकता औंल्याए ।
उक्त अवसरमा पार्टीका केन्द्रीय तथा स्थानीय नेताहरूले समेत मन्तव्य राखेका थिए ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव