emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

झुठा आश्वासन दिने उम्मेदवारलाई कडा प्रश्न गर्न उपेन्द्र यादवको आग्रह

source e-Madhesh २०८२ माघ २१ गते , बुधबार
0
Shares
47
Views
झुठा आश्वासन दिने उम्मेदवारलाई कडा प्रश्न गर्न उपेन्द्र यादवको आग्रह

ईमधेश नयूज सम्वाददाता,
राजविराज, २१ माघ ।
 जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले विगतका चुनावमा झुटा आश्वासन बाँडेर जितेका तर जनतासामु गरेका वाचा पूरा नगरेका उम्मेदवारलाई कडा प्रश्न गर्न आम मतदातालाई आग्रह गर्नुभएको छ।
सप्तरीको राजगढ गाउँपालिका–६ फकिरामा मंगलबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष यादवले चुनावका बेला मीठा कुरा गरेर मत लिए पनि क्षेत्रको विकास किन हुन नसकेको हो भन्ने प्रश्न जनताले सोध्नुपर्ने बताए। अस्पताल, विद्यालय, रोजगारी, पक्की सडक, सिँचाइ, मलखादजस्ता आधारभूत समस्या समाधान गर्ने प्रतिबद्धता जनाए पनि कार्यान्वयन नगर्ने दल र नेताहरूलाई चिन्ने बेला आएको उनको भनाइ थियो।
सप्तरी क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिएका यादवले सक्षम र जिम्मेवार नेतृत्व चयन गर्न नसक्दा क्षेत्र र जिल्लाको विकास पछि परेको उल्लेख गर्दै अधिकार, पहिचान, स्वाभिमान र विकासका लागि संघर्ष गर्ने नेता रोज्न मतदातालाई आग्रह गरे। मधेश आन्दोलनकै कारण मधेशी, महिला, दलित, आदिवासी, जनजाति, मुस्लिम तथा अल्पसंख्यक समुदायका हकअधिकार सुनिश्चित भएको स्मरण गराउँदै उनले प्राप्त उपलब्धिको रक्षा गर्दै अब विकासका लागि थप संघर्ष आवश्यक रहेको बताए।
कार्यक्रम बुथ कमिटी अध्यक्ष हरि यादवको अध्यक्षतामा सम्पन्न भएको थियो। सभामा पार्टीका केन्द्रीय नेता तथा पूर्वमन्त्री रेणुकुमारी यादव, केन्द्रीय सचिव शैलेन्द्र प्रसाद साह, केन्द्रीय सदस्य बिदेश्वर प्रसाद यादव (बिक्की), प्रदेश तथा जिल्ला तहका नेता–कार्यकर्ताहरूले मन्तव्य व्यक्त गरेका थिए।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव